बेपत्ता अमेरिकी हेलिकप्टर

Naresh Ale Avatar

भूकम्पपीडितको खोज तथा उद्धारका लागि दोलखाको सुनखानी क्षेत्रमा मङ्गलबार परिचालन भइरहेकैे अवस्थामा हराइरहेको अमेरिकी मारिन क्रप्सको ‘युएच–वान वाइ हुई’ हेलिकप्टर शुक्रबार सिन्धुपाल्चोकको घोरथली गाविसमा फेला परेको छ।

नेपाली सेनाको पैदल फौजले दुर्घटनाग्रस्त अवस्थामा सो हेलिकप्टर फेला पारेको सैनिक जनसम्पर्क निर्देशनालय बिज्ञप्ती जारी गर्दे जनाएको छ। उक्त हेलिकप्टर खोजीका लागि नेपाली सेनाको पैदल फौजले त्यस ठाउँमा दुर्घटना भएको जानकारी पाएपछि सेनाकै दुई हेलिकप्टर त्यस क्षेत्रमा पठाइएको थियो। ती हेलिकप्टरले कालिञ्चोक डाँडाको उत्तरपूर्वी दिशातर्फ करिब ११ हजार २०० फिट उचाइमा रहेको घोरथलीमा दुर्घटनाग्रस्त अवस्थामा फेला पारेका थिए। सो हेलिकप्टरमा नेपाली सेनाका दुई र विदेशी छ जना सवार थिए। उक्त दुर्घटनाग्रस्त इलाकामा नेपाली सेनाको पैदल फौज र मौसम अनुकूल भएमा हवाई साधन पठाइने तथा घटनाको थप विवरण प्राप्त हुनासाथ पुनः जानकारी गराइने निर्देशनालयले जनाएको छ।

} else {

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories