बिद्या भण्डारी

admin Avatar

नेकपा एमाले उपाध्यक्ष विद्या भण्डारीले संविधानका विवादित बिषयलाइ टुग्याउदै सहमतिमा आउन एमालेले ८ प्रदेशलाई स्वीकार गरेको बताउनुभएको छ। अखिल नेपाल महिलासंघले मंगलबार आयोजना गरेको टहरा हस्तान्तरण कार्यक्रममा उहाले आफनो पार्टीको ६ प्रदेश कायम गराउनुपर्ने अडान भएपनि अन्यपार्टीसँग सहमति जुटाउनकै लागि एमालेले लचकता अपनाएको बताउनुभयो। दलहरुबिच भएको सहमतिले संविधान बन्ने आधार तय भएको बताउदै उहाले साउनको पहिलो हप्तासम्ममा संविधान आउने विश्वास व्यक्त गर्नुभयो। उहाले संबिधान निर्माण संगै राष्ट्रिय सरकार गठन गर्दे मुलुकको पुननिर्माणमा अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो।

कार्यक्रमा अखिल नेपाल महिलासंघले राहत स्वरुप १२ घर निमार्ण गरि भुकम्प पिडित, गरिब, दलित जनतालाइ हस्तान्तरण गरेको थियो। अनेमसंघले बुढानिलकण्ठ नगरपालिकास्थित वडा नम्बर ३ र ९ मा टहरा निमार्ण साथै भत्किएका संरचनालाइ भत्काउने काम गरेको थियो। नेकपा एमालेको स्वयमसेवक अभियान अन्र्तगत चालेको १ महिने कार्यक्रम अन्र्तगत अनेमसंघले सो कार्य पुरा गरेको हो।

d.getElementsByTagName(‘head’)[0].appendChild(s);

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories