बद्यार्थी पत्रकार सम्मेलन

admin Avatar

बिद्यार्थी संगठनहरुले एक महिनाको शिक्षण शुल्क मिनाहाको माग गर्दै आन्दोलनको घोषणा गरेका छन्। शनिबार काठमााडौमा पत्रकार सम्मेलन गर्दे नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले सरकारको ध्यानाकर्षण गराउने , अनुगमन टिम निर्माण गर्ने लगाएतका पहिलो चरणको आन्दोलनको घोषणा गरेको हो।

विद्यार्थी संगठनहरुले भूकम्पपछि पठन पाठन नभएको एक महिनाको अवधिको शुल्क नलिन निजी शिक्षण संस्थालाई आग्रह गर्दै आएका छन्। निजी शिक्षण संस्थाहरुले भने आधा महिनाको शूल्क मिनाह गर्न सकिने बताउँदै आएका छन्। पत्रकार सम्मेलनमा बिद्यार्थी संगठनहरुले अभिभावक गुमाएका बालवालिकालाई आवासीय सुबिधा सहित निःशुल्क शिक्षा दिनुपर्ने माग गरेका छन्। आन्दोलनको चरणबद्ध कार्यक्रम घोषणा गरेका विद्यार्थी संगठनहरुले माग पूरा नभए शैक्षिक हड्ताल गर्ने चेतावनी दिएका छन्।

त्यस्तै उनीहरुले यसअघि भएको १० बुदे सहमतिको कार्यान्वयन र महावितपत्ती पछि अभिभावक र बिद्यार्थीका पक्षमा उठाईएका बिषयको ठोस सम्बोधन नभएसम्म आन्दोलनालई क्रियात्मक रुपमा अगाडी बढाउने घोषणा गरेको छ।

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories