फिफा

admin Avatar

विश्व फुटबल महासङ्घ (फिफा) को बरियतामा नेपाल दुई स्थान तल झरेको छ। फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियताअनुसार १ सय ८१ स्थानमा रहेको नेपाल १ सय ८३औँ स्थानमा पुगेको हो । छिमेकी मुलुक भारत छ स्थान फड्को मार्दै १ स ४१आँै स्थानमा पुगेको छ। यो सँगै भारत दक्षिण एसियामा शीर्षस्थानमा पुग्न सफल भएको छ।

अघिल्लो महिना शीर्षस्थानमा रहेको अफगानिस्तान भने १६ स्थान तल झर्दै १ सय ५१औँ स्थानमा पुगेको छ । त्यस्तै, भुटान चार स्थान माथि उक्लँदै १ सय ५९ मा, बङ्गलादेश तीन स्थान चढ्दै १ सय ६६ मा छ भने त्यत्तिनै स्थान माथि चढेको पाकिस्तान १ सय ७० स्थानमा पुगेको छ। माल्दिभ्स भने ३८ औँ स्थान तल झरेर १ सय ७७ औँ स्थानमा चित्त बुझाउन बाध्य हुँदा श्रीलङ्का दुई स्थान बढुवा हुनाका बाबजुद १ सय ८६औँ स्थानमा रहँदै दक्षिण एसियाको बरियताको पुछारमा रहेको छ।

बरियताको शीर्षस्थानमा विश्व विजेता जर्मनी कायम रहँदा बेल्जियम दोस्रो स्थानमा उक्लेको छ। विश्वकपको उपविजेता अर्जेन्टिना एक स्थान तल झर्दै तेस्रो स्थानमा पुगेको छ भने कोलम्बिया र ब्राजिल आफ्नो पुरानै स्थानमा क्रमशः चौथो र पाँचांैँमा छन्। त्यसैगरी, नेदरल्यान्ड्स, पोर्चुगल, उरुग्वे, फ्रान्स र स्पेन क्रमशः छैटौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा छन्।

} else {

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories