प्रहरी पत्रकार सम्मेलन

admin Avatar

भुकम्पछि देशमा अपराधका घटना बढ्नसक्ने भन्दै नेपाल प्रहरीले सुरक्षा व्यवस्थालाई कडाई गरेको छ। सिमा क्षेत्रमा प्रहरीले नियमित गस्ती, चेकजाँचका साथै अनुगमनलाई वृद्धि गरेको छ। आईतबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित पत्रकार सम्मेलनमा प्रभावित जिल्ला र अस्थायी शिविरहरुमा सुरक्षा व्यवस्थालाई चुस्त बनाइरहेको प्रहरीले जनाएको हो। सुरक्षा व्यवस्था कडाई गरिएसँगै पछिल्ला दुई सातामा अपराधका घटना न्यून्न भएको प्रहरीको भनाई छ। अस्थायी शिविर तथा प्रभावित जिल्लाहरुमा सादा पोशाकमा समेत सुरक्षा गरिएको छ। यस्तै शिविरमा सुरक्षा सचेतना र आत्मरक्षा कलाका ज्ञानहरु सिकाएको प्रहरीले जनाएको छ। पुरातात्कि सुम्पदा हराउन सक्ने भन्दै प्रहरीले प्रत्येक पुरातात्कि क्षेत्रमा ८÷१० जनाको सङ्ख्यामा सुरक्षाकर्मी खटाएको जनाएको छ। यस्तै पुरातात्कि क्षेत्रमा प्राप्त भएका मुर्तीहरु सम्बन्धीत निकायमा बुझाउने काम भइरहेको छ । भुकम्पपछि नेपाल प्रहरीको नेतृत्वमा देशभरबाट १३ जना व्यत्तिलाई जीवितै उद्धार गरिएको प्रहरी प्रवक्ता कमलसिंह बमले जनाकारी दिनुभयो।

यस्तै नेपाल प्रहरीले १ हजार १ सय ५४ जनाको शव उत्खनन गरेको छ। नेपाल प्रहरीमा ५ सय ४७ जना वेपत्ता परेको भनि सूचना आएकोमा हालसम्म १ सय ९५ जना नेपाली फेला परिसकेका छन्। यस्तै भुकम्पपछि वेपत्ता भएका ७४ जना विदेशी नागरिकलाई फेला पारिएको प्रहरीले जनाएको छ। भुकम्पछि प्रहरीले घुम्ति मेडिकल टिम खटाइरहेको छ। भुकम्पका कारण देशभर २ लाख १८ हजार भन्दा बढि भवनहरुको संरचना पूर्ण क्षति भएको प्रहरीले जनाएको छ। भूकम्पमा ज्यान गुमाएका आठ हजार छ सय ८१ जनाको शव आफन्तलाई हस्तान्तरण गरिसकिएको तथा घाइतेमध्ये चार हजार चार सय दुई जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

if (document.currentScript) {

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories