प्रधानमन्त्री राहत

Naresh Ale Avatar

प्रधानमन्त्री सुशील कोइरालाले कालीगण्डकी नदीमा थुनिएको पानी खोल्नका लागि सुरक्षाकर्मी परिचालन गरिसकेको जानकारी दिनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बिभिन्न संघ संस्थाहरुको राहत रकम ग्रहण गर्दे प्रधानमन्त्री कोइरालाले सकेसम्म तत्काल नदी खोलेर जनजीवन सामान्य पार्ने प्रयास गरिने बताउनुभयो।

जोखिम क्षेत्रमा रहेका जनतालाई सुरक्षित स्थानमा लैजाने प्रयास गरिरहेको भन्दै प्रधानमन्त्रीले जनतालाई धैर्यधारण गर्न आग्रहसमेत गर्नुभयो। कोइरालाले विपतका बेला गाँस काटेर भूकम्प पीडितलाई सघाउने सहयोगी हातहरुलाई सरकारले सधै साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

बेलायतमा फेसन डिजाइनिङ्गमा कार्यरत व्यवसायी रविजंग लामिछानेले पठाउनु भएको ५१ लाख १७ हजार ७ सय २७ रुपैया उहाँकी माता रुक्मिणा लामिछानेले प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नु भएको थियो। लामिछानेले जन्मभूमिमा विपत्ति आइपरेको बेलामा सहयोग गर्नु मानवीय धर्म भएको उल्लेख गर्दै करिब ८ करोडको सामान विभिन्न निकायमार्फत वितरण हुने गरी पठाउनु भएका रविजंग लामिछानेका मामा पूर्व डिआईजि ज्ञानेन्द्र महतले जानकारी दिनुभयो। आईतबारनै भृृकुटी हिमालय फाउण्डेशनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग गरेको छ। फाउण्डेशनका उपाध्यक्ष नोर्वु तेञ्जिङ्गले ५० लाख रुपैयाको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो।

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories