प्रधानमन्त्री राहत

admin Avatar

प्रधानमन्त्री सुशील कोइरालाले अव छिट्टै संविधान जारी हुने बताउनुभएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा शुक्रबार डोल्पा समाजले प्रधानमन्त्री राहत कोषलाई प्रदान गरेको सात लाख रुपैया ग्रहण गर्दे कोईरालाले संविधान निर्माणका सम्पुर्ण विषयमा सहमति भइसकेकाले छिट्टै संविधान जारी हुने बताउनुभएको हो। प्रधानमन्त्री कोइरालाले संविधान जारी हुने वित्तिकै आफुले प्रधानमन्त्री पदवाट राजिनामा दिने बताउनुभयो । प्रधानमन्त्री कोइरालाले संविधान जारी भएपछि देशले विकासको गति लिने दावी गर्नुभयो। उहाले भुकम्प प्रभावितको लागि आएको राहत कुनैपनि हालतमा दुरुपयोग हुन नदिने दावी गर्नुभयो।

कार्यक्रममा डोल्पा समाजका अध्यक्ष लामा निमा रेन्पोछेले प्रधानमन्त्री कोइरालालाई रु सात लाख नगद हस्तान्तरण गर्नुभयो। डोल्पा समाजले सभासद् धनबहादुर बुढाको नेतृत्वमा स्थानीय लामाहरुबाट उक्त रकम सङ्कलन गरेर भूकम्प पीडितका राहतका लागि कोषमा जम्मा गरेको हो। समाजले माथिल्लो डोल्पाका गरीब तथा जेहेन्दार विद्यार्थीलाई शिक्षामा छात्रवृद्धि उपलब्ध गराउनका साथै पर्यटन विकास र गुम्बा निर्माणमा विशेष योगदान पु¥याउँदै आएको छ। त्यसै गरी, मुलुकभरमा छरिएर रहेको पुन मगरहरुको साझा संस्था पुन समाज नेपालले प्रधानमन्त्री कोइरालालाई उक्त कोषमा जम्मा हुने गरी रु २० लाख सात हजार ७ सय चेक हस्तान्तरण गरेको छ।

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories