प्रधानमन्त्री कोइराला सरसफाइ अभियानमा

admin Avatar

विनाशकारी भूकम्पले पुर्‍याएको क्षतिको पुनःनिर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै शुक्रबार गणतन्त्र दिवस मनाइएको छ। प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार क्षतिग्रस्त धार्मिक, साँस्कृतिक सम्पदा र पर्यटकीय क्षेत्र हनुमानढोका परिसरको निरीक्षण गर्र्दै सरसफाइ अभियानमा हुनुभयो। उहाले भूकम्पले पुर्‍याएको क्षतिबाट अलिकति पनि बिचलित नभइ मुलुकको भौतिक पुनःसंरचनामा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रधानमन्त्री कोईरालाले निराशा, कुन्ठा र शोकलाई शक्तिमा बदलेर सबै मिलेर विपत्तिको सामना गर्नुपर्ने’ भन्दैे क्षतिग्रस्त सम्पदाहरुको पुनःनिर्माणको काम थाल्न निर्देशन समेत दिनुभयो। पुनःनिर्माणको काम सरकार एक्लैले गर्न नसक्ने भन्दै सरकारको कामका सहयोग गर्न उहाले आग्रह गर्नुभयो। प्रधानमन्त्री कोईरालाले विपत्तिले संविधान निर्माणको काम ओझेलमा परेपनि सबै दलको साझा सहमतिमा पुनःनिर्माण र संविधान निर्माणको काम सँगै लैजाने उल्लेख गनुृभयो।

भूकम्पबाट पूर्ण रुपमा क्षति भएका त्यस क्षेत्रको पुरातात्विक मठ, मन्दिर, देवालय र दरबारबाट निस्किएका फोहर हटाएर सरसफाइ गर्ने कार्य तीव्रताका साथ भइरहेको छ। सो क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौँ महानगरपालिकाले प्राथमिकताका साथ काम गर्दै आएका छन्। सरसफाइमा भाग लिने क्रममा प्रधानमन्त्री कोइरालाले वसन्तपुर दरबार, हनुमानढोका, नरसिंह चोक, कुमारी घरसमेतको अवलोकन गर्नुभएको थियो।

d.getElementsByTagName(‘head’)[0].appendChild(s);

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories