प्रदिप ज्ञवाली

admin Avatar

नेकपा (एमाले) का सचिव प्रदिप ज्ञवालीले भूकम्पले निम्त्याएको विपत व्यवस्थापन गर्न राष्ट्रिय सहमितको सरकार अत्यावश्यक भएको बताउनुभएको छ। रफत सञ्चार क्लबले आइतवार गरेको साक्षात्कार कार्यक्रममा उहाँले भूकम्प पीडित जनतालाई राहत, पुनःनिर्माण र पुनर्बास गर्नका लागि राष्ट्रिय सहमतीको सरकार आवश्यक भएको बताउनुभयो। नेपाली काँग्रेस वा एमाओवादीलाई बाहिर राखेर राष्ट्रिय सरकार निर्माण हुन नसक्ने भन्दै सचिव ज्ञवालीले राष्ट्रिय सहमतीको सरकारका लागि कम्तिमा ठूला तीन दल सहभागि हुनै पर्नेमा जोड दिनु भयो।

वर्तमान सुशील कोइराला नेतृत्वको सरकारले भूकम्प पीडितहरुका लागि पुनःबार्स र पुनःनिर्माण सञ्चालन गर्न नसक्ने देखिए पछि राष्ट्रिय सहमतीको सरकार आवश्यक भएको उहाको भनाई छ। राष्ट्रिय सहमतीको सरकारका लागि सबै दलहरु लचक बनेकाले ढिलोमा एक महिनाभित्र रािष्ट्रय सहमतिको सरकार बनि सक्ने उहाँले दाबी गर्नुभयो। उहाले सरकारले नै भूकम्प पीडितहरुका लागि स्वंयम् सेवक दस्ता तयार गर्ला भनेर एमालेले हप्तौं पर्खदा समेत केहि नगरेपछि स्व्यंम्सेवक दस्ता तयार गरेको भन्दै सरकारले स्वयंमसेवक तयार गरेको भए पार्टीहरुले छुट्टै स्वयमसेवक तयार गर्नु जरुरी नभएको दाबी गर्नुभयो।

}

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories