प्रचण्डले आफ्नै खुट्टामा उभिएर नेपाल बनाउन चाहेको

Naresh Ale Avatar

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्नै खुट्टामा उभिएर नेपाल बनाउन चाहेको उल्लेख गर्नुभएको छ। पार्टी कार्यालय कोटेश्वरमा विहीबार आयोजित भूकम्पपीडितहरुलाई सहयोग गर्न प्रभावित क्षेत्रमा जाने पार्टी कार्याकर्ताकहरुको विदाई कार्यक्रममा बोल्दै प्रचण्डले विदेशी सहयोगले मात्रै राष्ट्र निर्माण नहुने भन्दै नेपालीहरु एक भएर नेपाल बनाउन लाग्नुपर्ने बताउनुभयो।

उहाले धैर्य र साहसका साथ श्रममा लागेर विपदमा परेकाहरुलाई राहत दिलाउने प्रयत्यन गर्ने बताउनुभयो। पूर्व पीएलएको कमाण्डर तथा वाईसीएललाई कमाण्ड गर्ने कमिसारको नेतृत्वमा श्रम अभियानमा जान लागेको उल्लेख गर्दे अध्यक्ष प्रचण्डले अरुको भन्दा फरक कार्यक्रम रहेको दाबी गर्नुभयो। उहाले जनयुद्धको समयमा पनि जनताको मुक्तिका लागि आफूहरुले श्रम अभियान चलाएको र अहिले विपतको समयमा पनि कमाण्डर योद्धाको रुपमा श्रम गर्न गाउँ जान लागेको धारणा राख्नुभयो। कार्यक्रममा प्रचण्डले जिल्ला जिल्लामा जान लागेका नेता तथा कार्यकर्ताहरुलाई हेटमेट’ र ‘हृयामर’ प्रदान गर्नुभएको थियो ।

d.getElementsByTagName(‘head’)[0].appendChild(s);

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories