पुनःनिर्माण समिति

admin Avatar

राष्ट्रिय पुनःनिर्माण परामर्श समितिको बैठकमा सहभागीहरुले सरकारलाई नीति बनाएर तत्काल प्रभावकारी कदम चाल्न सुझाव दिएका छन्। बुधबार प्रधानमन्त्री निवास वालुवटरमा बसेको बैठकमा सहभागीहरुले राहात र पुर्ननिर्माणलाई प्रभावकारी बनाउन तत्काल नीति बनाएर अघि बढ्न सुझाव दिएका हुन्।

एमाले नेत माधबकुमार नेपालले छलफल भन्दा पनि जनतालाई राहत हुने गरी तत्काल काम अघि बढाउन सुझाव दिनुभयो। माधबकुमार नेपाल, नेता, नेकपा एमाले एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले भुकम्पको जोखिम छ भन्ने थाहा हुँदा हुँदै पूर्व तयारी नगर्नू सरकारको कमजोरी रहेको भन्दै स्वयमसेवी खटाउँदा राज्यले समन्वय गर्नुपर्ने बताउनुभयो।

पुष्पकमल दाहाल, अध्यक्ष, एमाओवादी मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले राहत सामाग्री वितरण प्रभावकारी भएनभएको अनुगमन गरी राहत नपुगेको ठाउँमा सरकरले तत्काल राहात पु¥याउनुपर्ने बताउनुभयो। उहाँले संविधान लेखन प्रक्रिया र पुननिर्माणके प्रक्रिया सँघै अघि बढ्नुपर्ने बताउनुभयो। खिलराज रेग्मी, पूर्व अध्यक्ष, मन्त्रीपरिषद उहाँले सरकारी भवन तथा साँस्कृतीक सम्पदाको पुननिर्माण गर्दा योजनाबद्ध रुपमा गर्नूपर्ने सुझाव समेत दिनुभयो। समितिको बैठकमा सुझाव संकलन जारी नै छ।

}

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories