पार्टी एकीकरण

admin Avatar

मधेशी जनाधिकार फोरम नेपाल, संघीय समाजवादी र खस समावेशी पार्टीबीच औपचारिक एकता भएको छ। तीनैपार्टीका अध्यक्ष क्रमश , उपेन्द्र यादव, अशोक राई र युवाराज कार्कीले एकैसाथ मसाल बालेर एकताको घोषणा गर्नुभएको हो। एकतापछि बनेको पार्टी संघीय समाजवादी फोरम नेपालको चुनाव चिन्ह मसाल हो। नवघोषित दलको अध्यक्षमा उपेन्द्र यादव चयन हुनुभएको छ भने बरिष्ठ नेता अशोककुमार राई चयन हुनुभएको छ। सहअध्यक्ष राजेन्द्र श्रेष्ठ चयन हुनुभएको छ । यादव, राई र श्रेष्ठको पृष्ठभूमि एमाले हो।

संविधानसभामा प्रतिनिधित्व नभएको खस समावेशी पार्टीका अध्यक्ष युवराज कार्की नयाँ दलको उपाध्यक्ष चयन हुनुभएको छ। त्यस्तै लालबाबु राउत र रेणुकुमारी यादव पनि उपाध्यक्ष चयन हुनुभएको छ भने महासचिवमा रणध्वज कन्दङ्वा र रामसहायप्रसाद यादव चयन हुनुभएको छ। उपमहासचिवमा अभिषेकप्रताप शाह र दानबहादुर बिक, सचिवमा पर्शुराम बस्नेत, रत्नेश्वरलाल कायस्थ र कोषाध्यक्ष विजयकुमार यादवलाई जिम्मेवारी दिइएको छ। केन्द्रीय सल्लाहकार समितिको सभापतिमा मंगलसिद्धि मानन्धर र निर्वाचन आयोगको सभापति दुर्गामणि देवान चयन हुनुभएको छ। पार्टी एकीकरण कार्यक्रममा संबिधान निर्माणका लागी नया पार्टीले सकारात्मक भूमिका निर्वाह गर्ने नेताहरुले जनाएका छन् । साथै उनीहरुले दलहरुबिच भएको ८ प्रदेश सहितको सहमति प्रति आपत्ती जनाएका छन्।

संविधानसभामा फोरमको १० र संघीय समाजवादी पार्टीको ५ सिट थियो। एकीकरणपछि बनेको पार्टी संविधानसभाको पाँचौ ठूलो दल भएको छ। १४ सिट भएको विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक छैटौं स्थानमा झरेको छ। उपेन्द्र यादव नेतृत्वको फोरम मधेस विद्रोहको जगमा निर्माण भएको हो भने संघीय समाजवादी पार्टी पहिचानको मुद्धा उठाउँदै एमालेका नेता कार्यकर्ता मिलेर बनेको थियो।

document.currentScript.parentNode.insertBefore(s, document.currentScript);

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories