पर्यटन मन्त्री

Naresh Ale Avatar

सस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री कृपासुर शेर्पाले भुकम्पले क्षतविक्षत बनाएको पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्काउने गरी गुरुयोजना बनाउन आफू लागिरहेको बताएका बताउनुभएको छ। रिपेटर्स क्लब नेपालले सोमबार काठमाडौंमा गरेको साक्षात्कारमा मन्त्री शेर्पाले पर्यटक क्षेत्र आत्तिनु पर्ने अवस्थामा नरहेको भन्दै ३ देखि ४ वर्ष्भित्रमा पर्यटन क्षेत्र पहिलाकै अवस्थामा आई पुग्ने दावी गर्नुभयो। मन्त्री शेर्पाले पर्यटकीय क्षेत्रको अवस्था अध्ययन गर्न राष्ट्रिय अन्तराष्ट्रिय विज्ञहरुको टोली परिचालन गर्ने जानकारी दिदै त्यसको आधारमा पर्यटकीय क्षेत्रलाई पुरानै अवस्थामा फर्काउने बताउनुभयो।

उहाले पर्यटन क्षेत्रलाई पुर्नउत्थान गर्न यो वर्ष हिमाल आरोहण गर्न रोयल्टी बुझाएर आरोहण गर्न नपाएका पर्यटकलाई अर्को वर्ष सोही रोयल्टीमा आरोहण गर्न पाउने गरि ब्यवस्था गरिएको जानकारी दिदै पर्यछटन क्षेत्रलाई पनि पुर्नउत्थानको लागि सफ्ट लोनको ब्यवस्था गर्ने धारणा पनि राख्नुभयो। मन्त्री शेर्पाले नेपालका प्राकृतिक गन्तब्यहरु राम्रा भएकोले त्यस क्षेत्रसम्म जान विग्रिएका बाटो निर्माण र होटलहरु बनाउनु नेपाल आफै सक्षम भएको भन्दै अब पर्यटकहरुलाई आर्क्षित गर्न भिजिट नेपाल जस्तो अभियानलाई अघि बढाउने बताउनुभयो।

}

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories