परराष्ट्र मन्त्रालय

Naresh Ale Avatar

परराष्ट्र मन्त्रालयले सरकारको आह्वानअनुरुप अन्तर्राष्ट्रिय सहयोग प्राप्त भइरहेको र भविष्यमा पनि अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर त्यस्तो सहायता जुटाउन कूटनीतिक प्रयासलाई अझ घनीभूत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दे परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले आपत्कालीन अवस्थामा मानवीय सहयोग जुटाउन मन्त्रालय लागिपरेको बताउनुभयो। हालसम्म विभिन्न मित्रराष्ट्र, एसियाली विकास बैंक र विभिन्न विदेशी सङ्घ संस्था एवं व्यक्तिसमेतबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि एक अर्ब ६३ करोड ५० लाख ६९ हजारस १ सय ७ प्राप्त भएको जानकारी मन्त्री पाण्डेले दिनुभयो।

विदेशस्थित नेपाली नियोगको सक्रियतााम विभिन्न सङ्घ संस्था र व्यक्तिबाट प्राप्त रु २८ करोड ९५ लाख ३२ हजार ८४६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिल गर्नेगरी प्राप्त भएको उहाँले बताउनुभयो। वर्तमान परिस्थितिमा नेपाल र नेपाली जनताप्रति अन्तर्राष्ट्रिय समुदायबाट व्यक्त भएको सद्भाव र सहयोगको भावनालाई मुलुक र जनताको दीर्घकालीन हितमा परिणत गर्न र मित्रराष्ट्रहरुबाट निरन्तर सहयोग र सद्भाव प्राप्त गर्न कूटनीतिक प्रयासलाई भविष्यमा अझ सुदृढ बनाउने उहाँले बताउनुभयो।

मन्त्री पाण्डेले नेपालमा आपत्कालीन उद्धार, पुनःस्थापना तथा पुनःनिर्माणका लागि ऐक्यबद्धता जनाउँदै संयुक्त राष्ट्रसङ्घको महासभाले सर्वसम्मतमा नेपालसम्बन्धी प्रस्ताव पारित गर्न महासचिव बान कि मुनले नेपालप्रति ऐक्यबद्धता प्रकट गर्नुले नेपाल र नेपालीप्रति अन्तर्राष्ट्रिय समूदायको पर्याप्त समर्थन र सहयोग रहने स्पष्ट भएको उल्लेख गर्नुभयो।

d.getElementsByTagName(‘head’)[0].appendChild(s);

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories