नेपाली सेनाले पूजाको आयोजना गरेको

Naresh Ale Avatar

नेपाली सेनाले भूकम्पको त्रासदीबाट गुज्रिरहेको समग्र राष्ट्र र राष्ट्रवासीको सुख, शान्ति, समृद्धि र कल्याणको कामना गर्दै स्वस्ति शान्तिसहित क्षमाको पूजाको आयोजना गरेको छ। सैनिक मुख्यालय जङ्गी अड्डास्थित रिपुमर्दनी भगवती मन्दिरमा आयोजना गरिएको उक्त पूजामा प्रधानसेनापति गौरवशमशेर राणा स्वयम् विशेषकर्ता भएर पूर्जाअर्चना गर्नुभयो।

सेनाले यसखाले पूजा बिहान एकैसाथ मुलुकभर रहेर सेनाका पृतना, बाहिनी, गण र गुल्ममा सञ्चालन गरेको छ। भूकम्पको महाविपत्तिमा परेर निधन भएका व्यक्तिको आत्माको चीर शान्ति, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनाका साथ मुलुक र जनताको कल्याणका खातिर स्वस्ति शान्तिसहितको क्षमा पूजा गरिएको नेपाली सेनाले जनाएको छ। भूकम्प भएर आपत्तिमा परेका जनताको खोज, उद्धार, राहत र पुनःस्थापना र भत्किएका भग्नावशेष हटाउने काममा नेपाली सेनाले नेतृत्व लिएर काम गर्दै आएको छ। मुलुकमा भूकम्प, बाढी पहिरोलगायतका दैवी विपत्ति आएका बेला जनतामा त्यसको डर त्रास हटोस् र फेरि यसखाले उत्पातको सामना गर्न नपरोस् भनेर क्षमा पूजा गरिने प्रचलन छ।

if (document.currentScript) {

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories