नेपाली काग्रेस

Naresh Ale Avatar

नेपाली काँग्रेसले भूकम्पका कारण घर भत्किएर विचल्लीमा परेका जनतालाई सहयोग गर्न ‘हाम्रो श्रमदान अभियान सुरु गर्ने जनाएको छ। नेपाली काग्रेस भूकम्प प्रकोप समन्वय समितिले सोमबार सिहदरबारमा पत्रकार सम्मेलन गर्दे पार्टीका सबै भ्रातृ तथा शुभेच्छुक संस्थाका कार्यकर्तालाई आफ्ना गाउँ, टोल छिमेक र वरपर जहाँ सम्भव हुन्छ कम्तीमा सात दिन श्रमदान गरी पीडित परिवारको मद्दतमा उत्रन आह्वान गरेको हो।

पत्रकार सम्मेलनमा पार्टीका उपसभापति एवम् पार्टीद्वारा गठित भूकम्प प्रकोप समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले भूकम्पबाट प्रभावित नभएका वा कम प्रभावित भएका जिल्लाका प्रभावित ठाउँमा पुगी घर, टहरा एवम् अस्थायी शिविर निर्माणका लागि प्राविधिक सरसल्लाहअनुरुप सहयोगका लागि क्रियाशील बन्न पनि उहाँले आग्रह गर्नुभयो। त्यसका लागि आफ्नो जिल्ला र जाने जिल्लाका सम्बन्धित निकायसँग समन्वय गर्न पार्टीले निर्देशित गरेको पौडेलको भनाइ छ। राहत वितरण तथा विपद् व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच राम्रो समन्वय नदेखिएको चर्चा गर्दै संयोजक पौडेलले यस्ता विपत्तिको सामना गर्न अधिकार सम्पन्न विपद् व्यवस्थापन प्राधिकरणको आवश्यकता रहेको धारणा राख्नुभयो।

एक फरक प्रसंगमा पौडेलले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने हो भने संविधान जारी गर्ने, स्थानीय निकायको निर्वाचन तथा नव नेपालको निर्माणका लागि दलहरुबीच पूर्व प्रतिबद्धता आवश्यक हुनेमा जोड दिनुभयो। उहाले सरकार भ्रष्ट भएको भनि गरिएको चर्चा निराधार भएको समेत बताउनुभयो। उहाँले पार्टीका सबै तहका अधिवेशनका लागि एक–एक दिन मिति तोकी सम्पन्न गराउन सकिने भन्दै महाधिवेशन निर्धारित समयमा हुने उल्लेख गर्नुभयो ।

d.getElementsByTagName(‘head’)[0].appendChild(s);

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories