दिप प्रज्वलन

admin Avatar

युथ हेलिप्ङ्ग ह्याण्डले भूकम्पबाट भक्तपुरमा मृत्यु भएकाको सम्झनामा दिप प्रजवलन गरेको छ। सोमवार भक्तपुरको दत्तात्रयमा मृत्यु भएका व्यक्तिको सम्झनामा दिप प्रज्वलन गरिएको हो। कार्यक्रममा गत वैशाख १२ गते गएको महाभूकम्पबाट भक्तपुरमा ३ सय ३३ जनाको मृत्यु भएको र उनीहरुको सम्झनामा शोक श्रद्धाञ्जली सभा आयोजना गरिएको हो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले अनीलकुमार ठाकुरले यो दुःखको घडीमा एक आपसमा सहयोग गरी अगाडि बढ्नुपर्नेमा जोड दिनु भएको छ। जोखिमका घरलाई कसरी भत्काउने भन्नेमा छलफल भइरहको उहाँले बताउनु भयो। भक्तपुर नगरमा मात्र ६ सय घर भत्काउनुपर्ने देखिएको छ। जिल्लामा करिब ३ हजार घर भत्काउन निवेदन परेको उहाँले बताउनु भयो।

ज्वाला दल गण सूर्यविनायकका गणपति अनुप विक्रम राणाले जिल्लाका ६ ओटै नगरपालिकामा पाँच ओटा सेक्टरमा जिल्लाका विभिन्न ठाउँको भग्नावशेष हटाउने कार्य भइरहेको बताउनु भयो। कार्यक्रममाभक्तपुरका प्रहरी उपरिक्षक बिकास श्रेष्ठ, सशस्त्र प्रहरी उपरिक्षक श्यामकाजी कुँवर, भक्तपुर युथ हेल्पिङ्ग ह्याण्डका रत्नसुन्दर हाकुदुवाल, रफत सञ्चार क्लबका अध्यक्ष सुशीलबन्धु थापाले जनताहरु आहत परेको राहतको प्रतिक्षामा रहेको बताउँदै विपतको यो घडीमा पनि सबैले मिलेर विपतको सामना गर्नुपर्नेमा जोड दिएका थिए।

d.getElementsByTagName(‘head’)[0].appendChild(s);

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories