दिनानाथ शर्मा

admin Avatar

एकीकृत माओवादीका प्रवक्ता दीनानाथ शर्माले अब बन्ने राष्ट्रिय सहमतिको सरकार राष्ट्रिय विपदको समाधान र सहमतिमा संविधान निर्माणका लागि हुनुपर्ने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडा, कोटेश्वरमा शनिबार आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा उहाँले राष्ट्रिय एकता र संकल्प गर्न प्रधानमन्त्री असक्षम भएको भन्दै आफ्नै मन्त्रीहरुले पनि नटेरेको आरोप लगाउनुभयो। उहाँले देशमा यस्तो विपतको बेला सरकारले जनताका राहतका लागि कुनै नीति नै नल्याएको बताउनु भयो। राष्ट्रिय विपदमा सरकारले सम्पुर्ण शक्तिलाई विश्वासमा लिएर जनतामा राहत तथा पुनस्र्थापनामा लाग्नु पर्ने उहाँको तर्क थियो। प्रवक्ता शर्माले राष्ट्रिय संकटको समाधान गर्न र संविधान निर्माणमा सहमति कायम गर्न कोही आउँछ भने सहमत हुन सकिने धारणा राख्नुभयो।

उहाँले देशमा आएको महाविपदमा आफूहरुले कुनै दलीय पूर्वाग्रहका साथमा जनताका बीचमा नगएको बताउँदै सबै दलहरुसँग सहकार्य गर्दै जनताको पुनस्र्थापनामा लागेको बताउनु भयो। उहाँले अहिले मुख्य रुपमा उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माण गरी ४ काम राज्यले गर्नुपर्ने मुख्य काम रहेको बताउनु भयो। उहाँले भूकम्प पीडितहरुको पुनस्र्थापनाका लागि आफ्नो पार्टीको अभियान द्रुत गतिमा चलेको जनाउँदै १५ दिने अभियानमा ४ हजार अस्थायी आवास बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो।

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories