दल बैठक

admin Avatar

प्रमुख चार दलले संविधानसभाको बैठक सारेर संविधान तथा राष्ट्रिय सरकारको टुंगो लगाउने निर्णय गरेका छन्। प्रधानमन्त्री निबास बालुवाटारमा बसेको नेपाली कांग्रेस, एमाले, एर्ककत माओवादी र मधेसी मोर्चाका शीर्षनेताको संयुक्त बैठकले जेठ २० गतेभित्रै संविधान र सरकारको विषयमा सहमति जुटाउने निर्णय गरेको हो। बैठकले संविधान र राष्ट्रिय सरकार दुईवटै विषयमा एक–दुई दिन भित्रै प्याकेजमा टुंगो लगाउने जिम्मेवारी चार दलका शीर्ष नेतालाई दिएको छ। भूकम्प पीडितलाई पुनःस्थापना र ध्वस्त संरचनाको पुनःनिर्माणलाई अगाडि बढाउन पनि सहमतिको सरकार आवश्यक भएकामा त्यसमा सबै दलको सैद्धान्तिक सहमति भएको नेताहरुले जनाएका छन्। बैठकपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले जेठ २० गतेसम्म सहमतिमा पुुगिने गरी छलफललाई अगाडि बढाएको जानकारी दिनुभयो। उहाले विषयलाई टुङ्गोमा पु¥याएपछि पुनःस्थापना र पुनःनिर्माणका विषयमा पनि सहमति गरेर अगाडि बढ्नु आवश्यक रहेको बताउनुभयो।

त्यस्तै काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान जारी गर्न सहमति जुटाएपछिमात्र राष्ट्रिय सहमतिको सरकारका बारेमा अगाडि बढ्ने सहमति भएको बताउनुभयो। एमालेका उपाध्यक्ष भीम रावलले संविधान निर्माण र राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सम्बन्धमा छिटो निचोडमा पुग्न सबै दल सहमत भएको बताउनुभयो। भूकम्पपछि राष्ट्रिय सङ्कट उत्पन्न भएका बेला बसेको संसद् बैठकबाट पारित साझा सङ्कल्प प्रस्तावको मर्मअनुसार राष्ट्रिय सहमतिको सरकार गठन गरिनुपर्ने भन्दै संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दल गहन छलफलमा जुटेका हुन्। प्रमुख चार दलका शिर्ष नेताको बैठक सोमबार बिहान पुन बस्ने तय भएको छ।

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories