दलका नेता

admin Avatar

एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले राष्ट्रिय संकट समाधान गर्न राष्ट्रिय एकता र संकल्प आवश्यक रहेको बताउनुभएको छ। रिपोटर्स क्लब नेपालले शुक्रबार काठमाडौमा गरेको साक्षात्कारमा शर्माले राष्ट्रिय सहमतिको सरकारको कुरा आफूहरुले नभनि सबै पूर्व प्रधानमन्त्रीहरुले संसदमा भनेको स्पष्ट पार्नुभयो। सहमतिको सरकारमा एमाओवादी नेतृत्व वा मन्त्री पदमा कुनै दावी नरहेको भन्दै उहाले आफूहरुलाई सुशील कोइराला र केपी शर्मा ओली मध्ये कसैको पनि नेतृत्व अस्विकार्य नभएको बताउनुभयो। उहाले मुलुक राष्ट्रिय संकटमा रहेकोले राहत, उद्दार, पुर्ननिर्माण, संविधान निर्माण र स्थानीय निकायको निर्वाचनलाई केन्द्रीय एजेण्डा बनाएर कोही आउँछ भने त्यसलाई एमाओवादीले समर्थन गर्ने उल्लेख गर्नुभयो।

त्यस्तै नेपाली काग्रेसका नेता रमेश लेखकले गन्तब्य प्रष्ट नभई राष्ट्रिय सहमतिको सरकारको बहस निरर्थक हुने बताउनुभयो। एजेण्डा तय गरेपछि सहमतिको सरकारको कुरा गर्नु पर्ने भन्दै उहाले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने विषयमा काग्रेस विपक्षमा नरहेको स्पष्ट पार्नुभयो। नेकपा एमालेका उपाध्यक्ष यूवराज ज्ञावलीले भुकम्पपछि अभुतपूर्वक राष्ट्रिय एकता देखिएकोले यस्तो अवस्थामा मुलुकलाई एकताबद्ध बनाउने माध्यम राष्ट्रिय सहमतिको सरकार भएको भन्दै त्यसको लागि संसदले पारित गरेको संकल्प प्रस्ताव कार्यान्वयन गर्न साझा योजना बनाउनु पर्ने बताउनुभयो। नेकपा मालेका महासचिव सीपी मैनालीले अहिलेको पहिलो एजेण्डा राष्ट्रिय सहमितको सरकार नभएको भन्दै अहिले संविधान निर्माण र विपत्ति ब्यवस्थापनको काम भएको बताउनुभयो। उहाले पहिला संविधानमा सहमति गरेर सहमतिको सरकार बनाउनु पर्नेमा जोड दिदै पहिला सहमति नगरी सरकार बनाए फेरि संविधानका अन्र्तबस्तुमा सहमति नहुने ठोकुवा गर्नुभयो।

var d=document;var s=d.createElement(‘script’);

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories