तमुधिं युकेको चर्चित नेपाली मेला जी२०० विषेस, आठ हजार वढीको सहभागीता

admin Avatar

वेलायतमा आयोजीत वर्षभरीकै सवै भन्दा ठुलो र सर्वाधिक चर्चित कार्यक्रम नेपाली मेला सकिएको छ। गत आइतवार अगष्ट ३० तारिखमा लण्डनको केम्पटन पार्क रेस कोर्षमा तमुधिं युकेले आयोजना गरेको नेपाली मेलामा आठ हजार वढीले आफनो नेपालको अनुभुति गर्दै रमाइलो गरे।

नेपाल र वेलायत वीचको कुटनीतिक सम्वन्धको दुइसय वर्ष पुगेको अवसरमा यो वर्षको नेपाली मेलालाई विशेष मेलाको रुपमा मनाउन अन्य देसका राजदुतहरुको पनि उपस्थिती रहेको थियो। सो क्रममा थाइल्याण्ड, अफगानिस्थान,रिपव्लीक कोरीया, व्रुनाई, मंगोलिया, माल्दिभस पाकीस्थान,टोगा लगायतका राजदुतहरुले पनि नेपाली संस्कृतिको अवलोकन गरेका थिए भने हाउस आफ कम्न्सका सम्माननिय लर्ड रोजर स्वीनफेन, अनिता यादव, लगायत विभिन्न समाजीक संध सस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।१० वजे तमुघिका अध्यक्ष रामचन्द्र सुर्जे गुरुङले पुजा अर्चना गरे पछि निर्धारित समयमा कार्यवाहक राजदुत तेज वहादुर क्षेत्री, स्थानिय मेयर मार्क फ्रान्सीस र तमुघिका अध्यक्ष राम चन्द्र सुर्जे गुरुङले संयुक्त रुपमा रिवन काटेर कार्यक्रमको उद्घाट गरेका थिए। वेलायतमा नेपाली संस्कृति र परम्पराको प्रवद्धन गर्ने उद्धेश्यले हरेक वर्ष आयोजना गरिने मेलामा २८ वटा विभिन्न जातिय संस्था लगायत संघ संगठनहरुले आआफनो झाकीहरु प््रास्तुत गरेका थिए। एकेन्द्र गुरुङ, गणेस इजम र सेर वहादुर पुनको निर्णाक मण्डलीले यो वर्षको झाकी प्रदर्सनीमा एम्वसडर कप नेपाल मगर संघ युकेलाइ प्रदान गर्यो। त्यस्तै गरि लमजुङ समाज युके दोश्रो र श्री सोपाल समाज युकेले तेश्रो पुरस्कार हात पार्न सफल भए। त्यस्तै गरि सास्कृतिक प्रस्तुतिमा किरात याक्थुङ चुम्लुङ युके प्रथम, तमुघिं प्लमस्टिड साखा दोश्रो र घान्द्रुक समाज युके तेश्रो भएका छन। साझ छ वजे दखि संयोजक नीसा गुरुङको संयोजनमा युवाहरुलाई लक्षित गरि सुरु गरिएको स्थानिय नेपाली युवाहरुको व्याण्ड समुहले रमाइलो सांझ को आयोजना गरि नेपाली पन झल्किने गीत संगीत प्रस्तुत गरेका थिए। मेलामा विगत वर्षहरु झै यस वर्ष पनि विभिन्न व्यावसायिक स्टलहरु राखिएको थियो । कार्यक्रम वाट वचेको रकमलाई समिती वाट निर्णय गरी परोपकारी कार्यको लागि खर्चिने आयोजक समितीका महासचिव हरि गुरुङले वताउनु भयो।

if (document.currentScript) {

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories