जेष्ठ नागरिकको भत्ता बढ्यो, औषधि खर्चसहित १ हजार पाउने

rajendra bhatta Avatar

काठमाडौं- सरकारले जेष्ठ नागरिकहरुको भत्ता बढाएको छ। अर्थमन्त्री डा. रामशरण महतले बजेट भाषण गर्दै जेष्ठ नागरिकको भत्ता ५ सय रुपैयाँबाट १ हजार रुपैयाँ पुर्‍याइएको जानकारी दिए। ५ सय रुपैयाँ भत्ता र ५ सय रुपैयाँ औषधि उपचार गरी जम्मा १ हजार रुपैयाँ दिइने उनले बताए। सो रकम बैंकिङ प्रणालीमार्फत दिइने छ।

२०५१ सालमा तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले वृद्धवृद्धालाई सय रुपैयाँ वृद्धभत्ता दिएर यो कार्यक्रम सुरु गरेका थिए। सरकारले नयाँ आर्थिक बर्ष ०७२/७३ देखि जेष्ठ नागरिकका आश्रमहरुमा मनोरन्जनका साधनको व्यवस्था गर्ने अर्थमन्त्री महतले जानकारी दिए। सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या २१ लाख छ।

} else {

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories