जातीय मोर्चा

admin Avatar

संयूक्त जातीय मुक्ती मोर्चा नेपाल (महरा समूह)ले सरकारसँग २०७१ साल मंसिर २४ गते भएको सहमति अनुसार आफूरुले हतियार बुझाईसक्दा पनि सरकारले बन्दी कार्यकर्ताको रिहाई लगायतका सहमति कार्यान्वयन नगरेको भन्दै १२ दिने अल्टिमेटम दिएको छ। सो समूहले शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर पूर्व सहमति अनुसार बन्दीको रुपमा रहेका आफ्ना २७८ जना कार्यकर्ताहरुलाई तत्काल रिहा गर्नु पर्ने माग गर्दै सहमति कार्यान्वयन नभएर आगामि जेठ २५ गतेबाट आफूहरु पुन आन्दोलनमा होमिने चेतावनी दिएको हो।

समूहको बार्ता टोलीका संयोजक सिंहसर महराले सरकारले आफूहरुलाई सहमति गरेर झुक्याउने काम गरेको भन्दै आफूहरुले दिएको समयभित्र पनि सहमति कार्यान्वयन गर्न आनाकानी गरे त्यसको जवाफदेहि सरकार नै हुने चेतावनी दिनुभयो। उहालेजनताको जायजमागलाई लिएर जनताको भावनालाई आत्मसाथ गर्दै फेरि आन्दोलनमा चेतावनी पनि दिनुभयो। समूहले तत्काल सर्वजातीय सम्मेलनबाट सर्वजातीय राष्ट्रिय सरकार गठन र जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट तेस्रो गणतान्त्रिक संविधानसभाको निर्वाचन तत्काल घोषणा गर्न माग गरेको छ।

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories