जस्ता काण्ड

admin Avatar

नेपाली काग्रेस नुवाकोटका सचिव एवम अर्थमन्त्रीका स्वकीय सचिव रमेशकुमार महतले जस्ता पाता विक्री गर्न लागेको भन्ने समाचार आफूलाई बदनाम गराउन आफ्नै पार्टी नेपाली काग्रेस र अन्य राजनीतिक दलको राजनीतिक प्रतिसोधको उपज भएको दावी गर्नुभएको छ। आईतबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे उहाले दाता ईन्भेष्टमेन्ट बैंकको छाप लागेको जस्ता पाता बजारमा विक्री गर्न सम्भव नहुने जानाजान आफ्नो र अर्थमन्त्री डा. रामशरण महत राजनीतिक छविमा आच पुर्याउने गरी नियतबस गलत प्रचार गरेको दावी गर्नुभयो। काठमाडौबाट गाँउमा पुर्याईएको जस्ता फेरि काठमाडौ ल्याएर विक्री गर्न सम्भव नभएको भन्दै महत्तले वितरण नगरी बिक्री गर्न लग्यो भन्नु गलत नियत भएको उल्लेख गर्नुभयो।

महतले बैंकबाट प्राप्त जस्ता प्रमुख जिल्ला अधिकार र सम्बन्धी गाउका गाविस सचिवलाई जानकारी गराएर दुइ गाविसमा वितरण गरेर बाँकी चार गाविसको लागि लैजादै गर्दा विचमै विक्री गर्न लगेको भनि नियन्त्रणमा लिएको गुनासो गर्नुभयो। उहाले विपत्तिको बेला स्वीकृत लिएर वितरण गर्ने काममात्रै नहुने र आफुले कुनै कानुन नजान्ने भन्दै सके कारवाही गर्न चेतावनी समेत दिनुभयो। महत्तले पठन पाठन सुचारु गर्न जस्ता वितरण गरेको विषयको विरोध गर्नुको औचित्यन भएको भन्दै सो घटनाको छानविन गरेर दोषी पत्ता लगाउन माग गर्नुभयो।

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories