जस्ता काण्ड

admin Avatar

अर्थमन्त्री डाक्टर रामशरण महतका पूर्व पीए रमेशकुमार महतले नेपाल ईन्भेष्टमेन्ट बैंकबाट नुवाकोटमा वितरण गर्न लगेको जस्ता पाता वितरण नै नगरी काठमाडौ लान खोजेको दावी जस्ता पाता लोड गरिएको सवारी साधनका धनि, नुवाकोट काग्रेसका जिल्ला सदस्य र स्थानीयले दावी गरेका छन। मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर काग्रेस जिल्ला सदस्य एवम थानसिंह गाविस सभापति विनोद पाठक, जस्ता पाता काठमाडौ ल्याउन लोड गरिएको बा ३ ख ३८४४ नम्बरका धनि सविन लामा र एकीकृत माओवादी कविलासपुर गाविसका ईन्चार्ज कृष्णप्रसाद बोहराले महतले यसभन्दा अघि पनि तीन ट्रक त्रिपाल वितरण नै नगरी काठमाडौ लगेको दावी गर्दै अहिले जस्ता पाता पनि काठमाडौ नै लान लागेको दावीसहित प्रमाण प्रस्तुत गरेका थिए।

जिल्ला सदस्य पाठकले नेपाली काग्रेस कविलासपुरकै सचिव मधु कोइरालाले जस्ता पाता विक्री गर्न लान लागेको भनेको र सवारी चालकले नै काठमाडौ जान भाडा तय गरेको जानकारी दिएपछि महतले आफ्नो संलग्नता नभएको भनि गरेको दावी सत्य नठहर्ने बताउनुभयो। सवारी धनि सविन लामाले आफुहरु संलग्न नरहँदा नरहँदै कमाई खाने आफ्नो ट्रक र चालकलाई विनाहक थुनामा राखेकोले तत्काल रिहाईको माग गर्नुभयो। पत्रकार सम्मेलनमा नुवाकोट कविलासपुर गाविसका एमाओवादी ईन्चार्ज बोहराले आफूले प्रश्न सोध्दा सहन नसकी आफूमाथि आक्रमण हुनु पनि जस्ता पाता काण्डमा अनियमितता भएको पुष्टि भएको भन्दै महतबाट आफूलाई असुरक्षा महसुस भएकोले सुरक्षाको प्रत्याभुतिका लागि सरकारसँग माग गर्नुभयो। महतले जस्ता पाता वितरणको विषयमा गाविस सचिवलाई जानकारी नभएकोलगायतका फोन रेकर्ड प्रमाणको रुपमा प्रस्तुत गर्नुभएको थियो।

d.getElementsByTagName(‘head’)[0].appendChild(s);

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories