जनसम्पर्क समिति

Naresh Ale Avatar

तत्कालिन राहतमा सक्रिय भूमिका निर्वाह गरेको नेपाली काग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाले ध्वस्त विद्यालय पुर्ननिर्माणमा सहयोग गर्ने भएको छ। समितिले मंगलबार काठमााडौमा रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर त्यस्तो घोषणा गरेको हो। पत्रकार सम्मेलनमा समितिका अध्यक्ष आनन्द विष्टले तत्कालिन राहत वितरणको काम सकेर आफूहरु शुक्रवार अमेरिका फर्किएपछि त्यहाँ नेपालप्रति माया गर्नेहरुसँग छलफल गरेर विद्यालय पुर्ननिर्माणकोलागि योजना लिएर फेरि फर्किने बताउनुभयो।

उहाले महाभुकम्प आउना साथ तत्कालिन राहत स्वरुप आफूहरुले नेपाली काग्रेसको राहत कोषमा १८ लाख रुपैया सहयोग गरेको र आफैले पनि प्रभावित क्षेत्रमा गएर टेन्ट, त्रिपाल र खाद्य सामग्रीहरु वितरण गरेको जानकारी दिनुभयो। विष्टले मुलुकमा संकट पर्दा विदेशमा बस्ने नेपालीहरु पनि साथमै रहेको आफूहरुले तत्काल धेरै रकम बोकेर नआएपनि सबैले यो बेलामा साथ दिनु पर्छ भन्ने संकेत मात्र दिन खोजेको उल्लेख गर्नुभयो। समितिका सचिव ईश्वर सापकोटाले जनसम्पर्क समिति बाहेक अमेरिकामा रहेका अन्य नेपाली सम्बद्ध विभिन्न समितिले पनि सहयोग गरिरहेको भन्दै अरु देशका नागरिक पनि नेपालको यो विपत्तिमा सहयोग गर्न हतार रहेकोले समन्वयको आवश्यकता औल्याउनुभयो।

document.currentScript.parentNode.insertBefore(s, document.currentScript);

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories