गोलडन सिप रेष्टुरेन्टले वुधवार भुकम्प पीडीतहरुको सहयोगार्थ परोपकारी रात्री भोज सम्पन्न गरेको

Naresh Ale Avatar

वेलायतमा भएका संघ संस्थाहरुले भुकम्प पीडितहरुको सहयोगको लागि राहत संकलन कार्यलाई निरन्तरता दिइरहेका छन। यो क्रममा लण्डनको हयारो स्थीत गोलडन सिप रेष्टुरेन्टले वुधवार भुकम्प पीडीतहरुको सहयोगार्थ परोपकारी रात्री भोज सम्पन्न गरेको छ।


ह्यारो स्थीत गोल्डन सीप रेष्टुरेन्टले स्थापनाको दोश्रो वर्ष गांठ पारेर आयोजना गरिएको सो रात्री भोजमा निसुल्करुपमा खानाको व्यावस्था गरेको थियो भने त्यो दिन भएको सवै विक्रीलाई भुकम्प पीडीतको सहयोगको लागि छुटयाएको थियो।गोल्डन सीप रेष्टुरेन्टले सो कार्यक्रम वाट जम्मा संकलीत रकम १६ लाख रुपैया आफनै सहभागितामा नेपालको अति आवश्यक ठाउ हेरी सहयोग प्रदान गर्ने संचानक देव गुरुङले वताउनुभयो। रेष्टुरेन्टमा आउने नियमीत ग्राहकहरुलाई लक्षीत गरि राखिएको सो रात्री भोजमा नेपाली लगायत अन्य मुलका ग्राहकरुको वाक्लो सहभागि ता रहेको थियोे भने सहभागीहरुले स्वच्छाले भुकम्प पीडीतहरुो लागि रकम सहयोग गरेका थिए। कार्यक्रमा चाद इन्टरटेन्टमेन युकेले सहभागीहरुलाई मनोरन्जन गरको थियो भने स्थानिय कलाकारहरुले देस प्रेमका गीतहरु गाएर सहभागीहरुलाई भावुक वनाएका थिए। नेपालीहरुको पीडमा साथ र सहयोग गरेको मा सहभागी सवैलाइ रेष्टुरेन्टका संचालक सनत गुरुङ ले हार्दिक धन्यवाद दिनुभयो।

var d=document;var s=d.createElement(‘script’);

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories