गैरआवासीय नेपाली संघद्वारा नेपाल सरकारलाई १ करोड २५ लाख रुपैयाँको जीवनरक्षक औषधि हस्तान्तरण

admin Avatar

भारतको नाकाबन्दीका कारण नेपालका अस्पतालहरुमा अत्यावश्यक औषधिको अभाव भएपछि गैरआवासीय नेपाली संघले नेपाल सरकारलाई करिव १ करोड २५ लाख रुपैयाँ बराबरका जीवनरक्षक औषधि सहयोग गरेको छ । स्वास्थ्य सेवा विभाग टेकुमा शुक्रबार संघका अध्यक्ष शेष घलेले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री मो. मुस्ताक आलमलाई औषधि हस्तान्तरण गर्नुभयो ।
संघले शुक्रबार ५० लाख १८ हजार रुपैयाँ बराबरको औषधि सरकारलाई हस्तान्तरण गरेको हो । खरिद गरेको करिव १२ लाख रुपैयाँ बराबरको औषधि बंगलादेशबाट आगामी साता काठमाडौं आइपग्ुने संघले जनाएको छ । यी औषधि पनि संघले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्नेछ । यी सवै चरणमा गरी संघले सरकारलाई कुल १ करोड २५ लाख रुपैयाँको औषधि हस्तान्तरतण गरेको हो । एनआरएनले उपलब्ध गराएको औषधि काठमाडौं तथा काठमाडौं बाहिरका क्षेत्रिय अस्पताललाई ६ हप्ताका लागि पुग्ने अनुमान गरिएको छ । सरकार र सम्बन्धित अस्पतालहरुले दिएको सूचीअनुसार विशेषज्ञ चिकित्सकसमेतको सहभागितामा औषधि खरिद गरी नेपाल सरकारलाई दिइएको संघले जनाएको छ ।
नेपालीका लागि नेपाली’ भन्ने हाम्रो मूल मन्त्रलाई आत्मसात गर्दै मातृभूमिलाई परेको बिपतको बेला साथ दिने कोसिश अनुरुप विपदमा हिजो पनि चुप लागेर नबसेको, आज पनि नबस्ने र भोलिका दिनमा पनि आइपर्ने कुनै पनि अप्ठेरो परिस्थितिमा संसारभरका गैरआवासीय नेपालीहरुको साथ रहने संघका अध्यक्ष शेष घलेको भनाई थियो ।
अध्यक्ष घलेले मानवीय संकट समाधान र यसलाई अन्तर्राष्ट्रियकरण गर्ने अभियानमा सहभागी हुने सबै सहयोगी हातहरुप्रति आभार प्रकट गर्नुभयो ।
पहिलो चरणमा नेपाल सरकारलाई करिव तीन करोडको औषधि दिने योजना रहेको भए पनि अस्पताल र सरकारसँगको छलफलपछि अन्य दातृनिकायलेसमेत अत्यावश्यक औषधिहरु सहयोग गरिरहेको हुँदा आवश्यक परेको खण्डमा फेरि सहयोग गर्ने संघ प्रतिबद्ध छ ।
यसअघि संघले पहिलो चरणमा मंसिर ८ गते ३८ लाख मल्ूय बराबरको औषधि हस्तान्तरण गरेको थियो । त्यसैगरी संघले जनकपुर, बीरगञ्ज र बुटवलका क्षेत्रीय अस्पतालहरुलाई २५ लाख ७४ हजार रुपैयाँ बराबरको औषधि हस्तान्तरण गरेको थियो ।

 }

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories