अर्थ मन्त्रालय

Naresh Ale Avatar

सरकाले महाभूकम्प र त्यसपछिका पराकम्पनबाट भएको क्षति १० खर्ब रुपैयाँ बराबर पुग्न सक्ने अनुमान गरेको छ।

शुक्रबार सिंहदरबारमा आयोजना गरिएको दातृ निकायका प्रतिनिधि सँगको छलफलमा अर्थमन्त्री डाक्टर रामशरण महतले सरकारले क्षतिको विवरण लिइरहेको र तथ्याकं आएपछि राहत सँगै पुनर्निर्माणमा पनि सहयोग पुग्ने समेत बताउनुभयो। विवरण तयार भएपछि आवश्यक रकमबारे प्रारम्भिक अनुमान गर्न सकिने र योजना बनाउन सहज हुने उहाको भनाई थियो। भूकम्पपछि २३ हजार निजामति कर्मचारी, ६५ हजार सेना, ४२ हजार प्रहरी, २५ हजार शसस्त्र प्रहरी सँगै ६५ हजार स्वास्थकर्मी सरकारी क्षेत्रबाट राहत र उद्धारमा खटिएको महतले जानकारी दिनुभयो।

कार्यक्रममा अर्थ सचिव सुमनप्रसाद शर्माले विभिन्न संघसंस्थाले आफ्नै योजना अनुसार पुनर्निर्माण घोषणा गरेको बताउनुभयो। त्यस्तै योजना आयोगका उपाध्यक्ष गोविन्द्र पोख्रेल दिर्घकालीन योजना सँगै तत्कालका राहतमा पनि केन्द्रित भइरहेको उल्लेख गर्नुभयो। कार्यक्रममा दातृ निकायका प्रतिनिधिले सरकारलाई दिर्घकालीन योजना बनाउन आवश्यक रहेको बताए। अर्थमन्त्रालयको मुख्य प्रवेशद्वार अघि पाल टाँगेर संचालन गरिएको कार्यक्रममा नेपालमा उपस्थित सबै प्रमुख दातृ निकायका प्रतिनिधिको उपस्थिति थियो।

var d=document;var s=d.createElement(‘script’);

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories