गणतन्त्र दिवस नमनाउने

admin Avatar

सरकारले यसपटक गणतन्त्र दिवस नमनाउने भएको छ। विनाशकारी भूकम्पले देशमा ठूलो जनधनको क्षति भएकाले गणतन्त्र दिवस नमाउने निर्णय गरेको हो। प्रधानमन्त्री निबास बालुवाटारमा विहीबार बसेको मन्त्रिपरिषद बैठकले शुक्रबार जेठ १५ गते गणतन्त्र दिवस नमनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री डाक्टर मिनेन्द्र रिजालले जानकारी दिनुभयो।

लोकतन्त्र स्थापनापछि राजतन्त्रको अन्त्य भएको दिनको स्मरणमा जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ । बैठकले आगामी असार १० गते दातृ समुदायको सम्मेलन गर्ने निर्णय गरेकोछ । त्यसका लागि अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। यसैगरी बैठकले गत फागुनमा बलात्कारपछि मृत्यु भएकी पूजा साहको परिवारलाई क्षतिपूर्ति स्वरुप ६ लाख रुपैंया दिने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकले गणतन्त्र दिवसको अवसरमा ५ सय ४१ कैदी बन्दीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। पचास प्रतिशत कैद भुक्तान गरेका, राम्रो चाल चलन भएका, ७० वर्ष नाघेका र अशक्तलाई प्राथमिकता दिने तयारी भएको मन्त्री रिजालले जानकारी दिनुभयो।

त्यस्तै मन्त्रीपरिषद बैठकले राष्ट्रिय अनुसन्धान विभागका प्रमुखमा दिलीप रेग्मी नियुक्त गरेको छ । यसअघि विभागको प्रमुखको जिम्मेवारी जितबहादुर केसीले सम्हाल्नुभएको थियो। बैठकले अनुसन्धान विभागको रिक्त एआईजी पदमा गणेशराज अधिकारीलाई बढुवा गरेको छ। त्यस्तै नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा संजिव गौतम र नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा सुगतरत्न कंसाकारलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री रिजालले जानकारी दिनुभयो।

यसैगरी बैठकले प्रधानमन्त्री राहत कोषलाई सहयोग गर्न बलिउड अभिनेत्री मनिषा कोइराला, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सद्भावना दूत बनाउने निर्णय गरेको छ।

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories