कोरिया नेपाली

admin Avatar

एनआरएन दक्षिण कोरिया र सपोर्ट नेपाल फाउण्डेसन दक्षिण कोरियाले विद्यालयहरुको स्थायी भौतिक संरचान निर्माण र पाठ्यपुस्तक उपलब्ध गराउन सहयोग गर्ने भएको छ। आईतवार काठमाडौमा पत्रकार सम्मेलन गरेर सस्थाका अध्यक्ष विनोद कुवरले पहिलो चरणमा राहत र उद्दार गरेको आफूहरुले दोस्रो चरणमा विद्यालयको अध्यपान सूचारु गर्न सिन्धुपाल्चोक, दोलखा, काभ्रे, कास्की, गोरखा, धादिङ्ग, नुवाकोट जिल्लाका दुई दर्जन बढी विद्यालयलाई ४३ लाख रुपैया बरावरको जस्ता पाता वितरण गरेको जानकारी दिनुभयो।

अहिलेसम्म नेपाललाई सहयोग गर्न कोरियामा १ करोड बढी रकम जम्मा भईसकेकोले तेस्रो चरणमा विद्यालयको भौतिक संरचना निर्माण र पाठ्यसामग्री उपलब्ध गराउने योजना रहेको उहाको भनाइ छ। उहाले आफू कोरिया फर्किएपछि त्यहाँ सबैसँग छलफल गरेर सहयोग ल्याउने भन्दै कोरियाका दोस्रो ठूलो दलले समेत सहयोगको प्रतिबद्धता गरेको जानकारी दिनुभयो। कार्यक्रममा एसियन फोरमका कार्यकारी निर्देशक सिद्धी चन्द बरालले कोरियकाका नेपालीहरुको सहयोगमा आफूहरुले भुकम्प गएकै दिनदेखि राहत, उद्दारमा जुटेको बताउनुभयो।

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories