कृषि समिति

Naresh Ale Avatar

व्यवस्थापिका संसद अन्तर्गतको कृषि विकास समितिले भूकम्प प्रभावित क्षेत्रका कृषकहरुलाई तत्काल राहतको कार्यक्रमहरु सञ्चालन गर्न कृषि मन्त्रालयलाई निर्देशन दिएको छ। सिंहदरबारमा मंगलबार बसको समिति बैठकले मन्त्रालयका अधिकृतहरुसँगको छलफलपछि वास्तविक पिडितहरु लाभान्वीत हुने प्रकारको तत्काल राहतको कार्यक्रमहरु सञ्चालन गर्न निर्देशन दिएको हो।

बैठकले भूकम्पले कृषि क्षेत्रमा समेत ठूलो क्षती पुराएको र त्यसलाई तत्काल सम्बोधन नगरे उत्पादन घट्ने र खाद्य संकट हुन सक्ने भन्दै आगामी बर्षका लागी तोकिएको बजेटको सिलिङको ४० प्रतिशन पुननिर्माणका लागी छुटाउने भन्ने योजना आयोगको प्रस्तावमा पुर्नबिचार गर्दे सो सिलिङको रकम योजना अनुसार नै कृषि क्षेत्रमा नै प्रयोग गर्ने सुनिश्चीतता गर्न योजना आयोगको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। त्यस्तै कृषि मन्त्रालयले तयार पारेको अल्पकालीन कार्ययोजना अनुरुप कार्यान्वयन गर्न र सो को जानकारी प्रत्येक हप्ता समितिमा बुझाउन समेत निर्देशन दिईएको समिति सभापति गगन थापाले जानकारी दिनुभयो।

समितिको बैठकमा कृषि मन्त्रालयका सचिव उत्तम भट्टराईले भूकम्प प्रभावित क्षेत्रमा अल्पकालीन एवं दिर्घकालिन योजनासहितको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । मन्त्रालयले भूकम्पबाट १३ लाख ४ हजार ८ सय ९४ मेट्रिक टन खाद्यान्न नष्ट भएको, १६ हजार ३ सय ७१ ठूला पशु, ३६ हजार सात सय १० साना पशु र ४ लाख ५१ हजार ६ सय ८८ पंक्षी नष्ट भएको विवरण समितिमा पेश गरेको छ ।

}

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories