कृषि समिति

admin Avatar

व्यबस्थापिका संसद अन्तर्गतको कृषि तथा जलश्रोत समितिले भूकम्पले पु¥याएको क्षतिको विस्तृत र व्यवस्थित अध्ययन गरि त्यसको विवरण तयार गर्न उर्जा मन्त्रालयलाई निर्देशन दिएको छ। सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले क्षतिको विवरण तयार गर्न र क्षतिलाई सम्बोधन गर्न अविलम्व आवश्यक कार्ययोजना प्रस्तुत गर्न निर्देशन दिएको हो। बैठकले भूकम्पबाट सिर्जित विपदको व्यवस्थापन संगसगै मन्त्रालयले यस आर्थिक बर्षमा सम्पन्न गर्ने भनी तय भएका सम्पूर्ण निर्धारित कामहरू समयमा नै सम्पन्न हुने गरि निरन्तर रुपमा सुचारु गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ। त्यस्तै जल विद्युत आयोजना निर्माणको क्रममा जोखिम न्यूनीकरणका हर सम्भव र आवश्यक उपायहरु अवलम्वन गर्न र विपद् परि आएमा विपद् व्यवस्थापनका लागि पूर्व तयारीको अवस्थामा रहन पनि उर्जा मन्त्रालयलाई निर्देशन दिईएको समिति सभापति गगन थापाले जानकारी दिनुभयो।

बैठकमा उपस्थीत हुनुभएकी उर्जा मन्त्री राधा ज्ञवालीले विनाशकारी भूकम्प र त्यस यता पटक पटक गएका कम्पनहरूले उर्जा क्षेत्रमा समेत ठूलो क्षति भएको भन्दै क्षतिलाई तत्कालै सँबोधन गर्न र समयमा विद्युत आपुर्ती सूचारु गराउन सरकार लागी परेको जानकारी दिनुभयो। बैठकले भूकम्पपश्चात् क्षति पुगेका समुदायमा विद्युत वितरणलाई सहज वनाउन आवश्यक जनशक्तिको व्यवस्था गर्न र उर्जा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्न आवश्यक पहल गर्न राष्ट्रिय विपद् व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिमार्फत् सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ।

if (document.currentScript) {

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories