कुटाई

admin Avatar

अर्थमन्त्री रामशरण महतका स्वकिय सचिव (पिए) रमेश महतले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रश्न गर्ने एक जनामाथि आक्रमण भएको छ। भूकम्प पीडितका लागि नुवाकोट लगिएको जस्तापाता अर्थमन्त्रीका पिए रमेशले दुरुपयोग गरेकोबारे प्रस्टिकरण दिन आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन भइरहँदा सो घटना भएको हो। प्रश्न सोध्ने कृष्ण बोहोरालाई कांग्रेस कार्यकर्ताले कुटेका हुन्। कुटाइ खाने बोहोरा एकीकृत माओवादी कविलास गाउँ अध्यक्ष हुन् । प्रश्न गर्ने माथि आक्रमण भएपछि रिपोर्टर्स क्बलमा प्रहरी पुगेको थियो । रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमलाले क्लवमा आएका कसैलाई पनि हातपात गर्न नपाउने बताउनुभयो।

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले नुवाकोटका ६ वटा गाविसका भूकम्पप्रभावित विद्यालयलाई बाँड्न पठाएको जस्तापाता सम्बन्धितलाई नदिई बेच्न खोजिएको भन्दै स्थानीयले थानसिङ–१, छहरेमा रोकेका हुन्। नेपाल इन्भेस्टमेन्ट बैंकको छाप लागेको जस्तापाता शुक्रबार रमेश महतको कविलास–७, स्थित घरबाट ट्रिपरमा लोड गरिएको थियो। लोड गरिएका ती ट्रक काठमाडौं ल्याउन खोजिएको थियो। भूकम्प पीडितका लागि आएको जस्तापाता काठमाडौं फर्काउन लागेको थाहा पाएपछि स्थानीयले ट्रिपर रोकेका थिए।

} else {

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories