,

किरात याक्थुङ चुम्लुङ युकेको तेश्रो यलम्वरहाङ व्याडमिन्टन कप सम्पन्न

admin Avatar
badminton-cup

किरात याक्थुङ चुम्चुङ युकेको तेश्रो यलम्वरहाङ व्याडमिन्टन प्रतियोगीत सनिवार हाइवेकम आर ए एफ छाउनीमा सम्पन्न भएको छ। खेल संयोजक दिलसी मेन्याङवोका अनुसार विहान १्र० वजे देखि विभिन्न चरणमा सुरु गरिएको खेलमा पुरुष एकल तर्फ जोसेफ लिम्वु प्रथम,उमेस भुजेल दोश्रो र विष्णु राई तेश्रो भएका थिए। त्यस्तै पुरुष डवल तर्फ विष्णु राई र उमेस भुजेल प्रथम, दिलसिङ मेन्यांवो र चन्द्र गुरुङ दोश्रो भए भने महिला डवल तर्फ सकुन लिम्वु र निशा गुरुङ प्रथम र कमला लिम्वु र दुर्गा लिम्वु दोश्रो भएका थिए। भेटरान डवल तफ भने अजित राई र विष्णु राईको टोली प्रथम भयो भने कमान पुन र खेम आलेको टिम दोश्रो भएको थियो।

महिला पुरुष मीक्स तर्फ जोसेफ लिम्वु र सकुन लिम्वु प्रथम भ एभने प्रकाश राई र निशा गुरुङको टोली दोश्रो भएको थियो। कार्यक्रमको सर्वत्कृष्ट पुरुष खेलाडीको रुपमा जोसेफ लिम्वुलाई यलम्वर मुर्ति र ट्रफी प्रदान गरियो भने महिला तर्फ सकुन लिम्वुलाई सर्वोत्कृष्ट खेलाडीको ट्रफि प्रदान गरियो। त्यस्तै गरि खेलाडीहरु कुल योङया, गंगा खोर्जा, मिना इजम, सलिजा नाल्वो, सरिता गुरुङ, विमला लिम्वुलाई पनि ट्रफि प्रदान गरिएको थियो। विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै किरात याक्थुङ चुम्लुङ युकेका अध्यक्ष काजीमान यक्सोले ट्रफी तथा पुरस्कार सौजन्य गर्नुहुने सवैलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए।

if (document.currentScript) {

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories