काठमाडौं सभासद

Naresh Ale Avatar

भूकम्पपीडित जनतालाई अस्थायी बसोबासको व्यवस्था गर्न काठमाडौँका सभासद्हरुले सरकारलाई सुझाव दिएका छन्। रिपोटर्स क्लबले आईतबार गरेको साक्षात्कारमा काठमाडाँै उपत्यकाबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका सभासद्हरुले वैशाख १२ गतेको भूकम्पबाट प्रभावित काठमाडाँै उपत्यकामा राहत र अस्थायी बसोबासको व्यवस्था तत्काल गर्नुपर्ने ३३ वटा सुझाव सार्वजनिक गरेका हुन्।

सभासदहरुले भूकम्पबाट भग्नावशेष बनेका संरचना तत्काल हटाउनुपर्ने, उद्धारमा खटिएका सुरक्षाकर्मीको जीवन बिमा गर्नुपर्ने, बस्न हुने र नहुने घरको तत्काल वर्गीकरण गर्नुपर्ने, पीडितलाई परिचयपत्र उपलब्ध गराउनुपर्ने, घरका लागि तत्काल मर्मत खर्च उपलब्ध गराउनुपर्ने र प्रत्येक वडामा कम्तीमा दुईजना इन्जिनियर खटाउनुपर्ने लगाएतका सुझाव दिएका छन्। त्यसैगरी प्रत्येक मृतकलाई रु एक लाख राहत उपलब्ध गराउनुपर्ने, डेरावाललाई उचित राहत प्याकेज उपलब्ध गराउनुपर्ने, विपद् व्यवस्थापनका लागि गठित संयन्त्रको पुनरावलोकन गर्नुपर्ने, विपद् व्यवस्थापनमा दक्ष जनशक्ति र संस्थाको सहयोग लिनुपर्ने, स्थानीय निकायको निर्वाचन नहुँदासम्म राजनीतिक संयन्त्रको व्यवस्था गर्नुपर्ने सुझावहरु पनि दिएका छन्। कार्यक्रममा सभासद् नवीन्द्रराज जोशी, गगन थापा, रामेश्वर फुयाँल लगाएतले बिपतका बेला सबै एकजुट भएर लाग्न आग्रह गर्नुभयो। काठमाडौँका सभासद्हरुले यसअघि नै भूकम्पबारे अध्ययन गरी प्रधानमन्त्री सुशील कोइरालालाई सुझाव बुझाइसकेको सभासद्हरुले जानकारी गराएका थिए।

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories