काठमाडौं गंगवु स्थित वसपार्क आसपासका भवनहरुमा अझै उद्धार कार्य हुन नसकेको

Naresh Ale Avatar

बैशाख १२ गतेको महाभूकम्पका कारण निकै क्षती पुगेको काठमाडौं गंगवु स्थित वसपार्क आसपासका भवनहरुमा अझै उद्धार कार्य हुन नसक्दा सर्वसाधारणहरु चिन्तीत बनेका छन्। उक्त क्षेत्रमा रहेका निकै गेष्टहाउसहरु भुकम्पका कारण भत्किएका थिए । केहि गेष्टहाउसबाट केहि जिवीत र केहि मृतकलाई बाहिर निकालिएपनि साधुरो गल्ली भएका स्थानमा भने उद्धार कार्य हुन सकेको छैन।

भत्नावशेष भएका भौतिक संरचनालाई हटाउन नसक्दा त्यहा भित्र ज्यान गुमाएकाहरुको शब समेत गन्हाउन थालेको छ । त्यस्तै उक्त क्षेत्रमा ज्यान गुमाएकाको शव निकाल्न नसक्दा आफन्तजन चिन्तीत बनेका छन्।

यता उद्धारका लागी खटिएका सुरक्षाकर्मीहरुले भने साधुरो गल्ली भएका स्थानमा भग्नावशेष हटाउन कठिन भएको जनाएका छन्। बिभिन्न देशबाट आएका र नेपालमा नै भएका उपकरण प्रयोग गर्दे भत्किएका भौतिक संरचना हटाउने र शव निकाल्ने कार्य सुरु गरिने सुरक्षाकर्मीले जनाएका छन्। नया बसपार्क नजिकै रहेका कारण पनि उक्त क्षेत्रमा निकै गेष्टहाउसहरु सञ्चालनमा रहेका थिए भने निकै गेष्ट हाउसहरु भत्कीएका छन् । त्यस्तै अधिकांश गेष्टहाउसहरुमा क्षती पुगको छ।

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories