काग्रेस बैठक

admin Avatar

सत्तारुढ प्रमुख दल नेपाली काँग्रेसले अहिले सरकारभन्दा संविधान पहिलो प्राथमिकताको विषय भएको ठहर गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको काँग्रेस पदाधिकारी बैठकले संविधान समयमै बन्नुपर्छ भन्ने राष्ट्रिय साझा सङ्कल्प भएकाले सम्पूर्ण प्रयत्न त्यसैमा केन्द्रित गर्नुपर्ने निष्कर्ष निकालेको हो संविधान निर्माणका लागि सहमतिका साथ जानुपर्ने आवश्यकतालाई औँल्याउँदै काँग्रेसले त्यसका निम्ति आवश्यक परे सहमतिको सरकार गठन गर्नसमेत आफ्नो पार्टी तयार रहेको जनाएको छ।

बैठकपछि काँग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले संविधान निर्माणका लागि सहमतिका साथ जानुपर्ने तर संविधान निर्माण आधारभूत र प्राथमिक कुरा भएको बताउनुभयो। उहाँले शुक्रबारको चार दलका शीर्ष नेताहरुको बैठक र त्यसअघिको काँग्रेस पदाधिकारीको बैठकले पनि संविधान निर्माणलाई प्राथमिकता दिने निष्कर्ष निकालेको जानकारी दिनुभयो। भूकम्पले ल्याएको विपत्तिको पुनःनिर्माणसँगै संविधान निर्माण गरेर अहिलेको राजनीतिक सङ्क्रमणलाई छोट्याउन सके थप सम्पूर्ण शक्ति पुनःनिर्माण र पुनःस्थापनामा लगाउन सकिने भन्दै उहाँले अहिलेको प्राथमिकता संविधान नै भएकाले यसलाई जतिसक्दो पूर्णता दिनुपर्नेमा जोड दिनुभयो।

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories