कमल थापा

admin Avatar

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले चार दलका एक दर्जन असफल, असक्षम र भ्रष्ट नेताहरुका कारण मुलुकले संविधान पाउन नसकेको आरोप लगाएका लगाउनुभएको छ। रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा थापाले चार दलका एक दर्जन भ्रष्ट, असफल र असक्षम नेताहरुले संविधानसभालाई बन्धक बनाएको भन्दै संविधानसभालाई एक साताको लागि स्वतन्त्र छाडिदिने हो भने मुलुकले संबिधान पाउने बताउनुभयो।

थापाले संविधानका अन्र्तबस्तुमा संविधानसभामा छलफल नगरी बाहिर छलफल गरेर संविधानसभामा लाद्नु असम्बैधानिक, जनविरोधी र प्रजातान्त्रिक मुल्य मान्यता विरुद्धको गतिविधी भएको दावी गर्नुभयो। उहाले राप्रपा नेपाल संबैधानिक राजतन्त्र, सनातन हिन्दु राष्ट्र र स्थानीय स्वशासनको पक्षमा भए पनि आफ्नो भाषा शैली अनुसारको संविधान लेखिने अवस्था नरहेकोले संविधानसभामा फरक मत राखेर अघि बढ्ने स्पष्ट पार्नुभयो।

अध्यक्ष थापाले भुकम्पपछिको अवस्थालाई सामना गर्न सरकार असफल भईसकेको दावी गर्दै सुशील कोइरालाको ठाँउमा केपी शर्मा ओली ल्याउँदैमा अवस्थामा २० को १९ फरक परे पनि पूर्ण सुधार ल्याउन पद्धतिमै सुधार गर्नु पर्ने आवश्यकता औल्याउनुभयो। केही ब्यक्ति र सस्थाले राहत र उद्दारको नाममा धर्म परिवर्तन गराउने र बाईबल वितरण गर्ने काम भईरहेको प्रति घोर आपत्ति प्रकट गर्दै उहाले प्रधानमन्त्रीको दवावमा एक धार्मिक सस्थालाई राहत उठाउने र वितरण गर्ने अनुमति दिएको घटनाको निन्दा गर्नुभयो।

document.currentScript.parentNode.insertBefore(s, document.currentScript);

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories