ककनी राहत

admin Avatar

नेपालमा आएको भूकम्पका कारण प्रभावित भएको बिभिन्न जिल्लामा राहत र पुर्नस्थापनका कार्य जारी रहेको छ। यसै क्रमममा लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ ए टु ले नुवाकोटको एक गाबिसमा राहत बितरण गरेको छ।नुवाकोटका सभासद जगदिश्वर नरसिंह केसीको पहलमा लायन्स क्लव अफ ईन्टरनेशनलले नुवाकोट ककनी ८ स्थीत भोटथान्सीङ गाउमात्रिपाल , कम्वल लगाएत चामल ,चिउरा लगाएतका खाद्यान्न सामाग्री बितरण गरेको हो। उक्त क्षेत्रमा भूकम्पका कारण प्रभावित भएका एक सय ६२ परिवारलाई राहत बितरण गरिएको छ। राहत लिन आएका स्थानियहरुले सरकारले प्रयाप्त रुपमा राहत र पुर्नस्थापनाको कार्यमा कुनै चासो नदिएको गुनासो गरेका छन्।

राहत वितरणमा पुग्नु भएका सभासद केसिले पिडितका लागी गास बास नै पहिलो प्राथमिकता भएको भन्दै राहत बितरण गरिएको बताउनुभयो। उहाले प्रभावित बिभिन्न स्थानमा पुगी क्षतीको मुल्याङकन गर्दे राहत बितरण गरिने उल्लेख गर्नुभयो । त्यस्तै लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ ए टु का गभर्नर मधुकर कुमार उपाध्यायले भूकम्पपछि उद्धार कार्य गरेको र त्यपछि राहत कार्य र पुर्नस्थापना कार्यलाई पनि निरन्तरता दिने बताउनुभयो। राहत बितरण कार्यक्रमा लायन्स क्लवका अन्य सदस्यहरुको पनि सहभागी भएका थिए । उक्त गाउमा भूकम्पका कारण कुनै मानबिय क्षती नभएपनि अधिकांश घरहरुमा क्षती पुगेको छ ।

document.currentScript.parentNode.insertBefore(s, document.currentScript);

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories