एमाले सरसफाई

admin Avatar

नेकपा एमालेका अध्यक्ष केपी ओली शनिबार पनि काठमाडौ र ललितपुरका बिभिन्न स्थानमा पुगी पुगी राष्ट्रिय स्वयंसेवक परिचालन समितिको पुननिर्माण कार्यमा सहभागी हुनुभएको छ। एमाले अध्यक्ष ओलीराष्ट्रिय स्वयंसेवक परिचालन समितिले उक्त क्षेत्रमा गरिरहेको भग्नावशेष हटाउने , सरसफाई गर्ने तथा पुनर्निमाण कार्यमा सहभागी हुनु भएको हो। उहाले समितिको कार्यको जानकारी लिदै जागरुकताका साथ अघि बढ्न निर्देशन समेत दिनुभयो। नेकपा एमालेले गठन गरेको राष्ट्रिय स्वयंसेवक परिचालन समितिले काठमाडौ लगाएत भूकम्प प्रभावित बिभिन्न स्थानमा राहत , पुनर्निमाण लगाएतका कार्य गर्दे आएको छ। जसअनुसार शनिबार ललितपुरको बुङ्मती र काठमाडौको स्वयम्भू क्षेत्रमा समितिले कार्य गरेको छ। एमालेले भूकम्प प्रभावित अवस्थाका लागि राष्ट्रिय स्वयंसेवक परिचालन निर्देशिका २०७२ पारित गर्दै सचिव गोर्कण बिष्टको संयोजकत्वमा ७५ सदस्यीय राष्ट्रिय स्वयंसेवक परिचालन समिति गठन गरेको थियो। समिति संयोजक बिष्टले स्थानीय साधन, स्रोत र श्रमको परिचालन गरी भूकम्पमा घरबार गुमाएकाहरुका लागि अस्थायी आवासको निर्माणमा सहयोग गर्ने लगाएका कार्य भईरहेको जानकारी दिनुभयो।

एमालेको उक्त अभियानमा कुल १० हजार जनशक्ति परिचालित भएका छन् भने १० जेठदेखि सुरु भएको अभियान १० असारमा समापन हुने जनाईएको छ। यसैबिच भूकम्प प्रभावित क्षेत्रमा श्रमदानका लागि नेकपा (एमाले)द्वारा सञ्चालित राष्ट्रिय स्वयम्सेवक परिचालन अभियानअन्तर्गत पार्टी केन्द्रीय प्रचार विभागले ११ सदस्यीय अभियान प्रचार समिति गठन गरेको छ। समितिमा विभागका प्रमुख योगेश भट्टराई, उपप्रमुख सूर्य थापा तथा सदस्यमा राजेन्द्र अर्याल, गगन विष्ट, गणेश बस्नेत, प्रमोद दाहाल, श्रीधर आचार्य, विष्णु रिजाल, माधव नेपाल र सुवास खतिवडा रहनुभएको विभागका उपप्रमुख थापाले जानकारी दिनुभयो।

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories