एमाले अभियान

Naresh Ale Avatar

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले भूकम्पपीडितको अस्थायी आवास निर्माणलगायत कामका लागि सबै दलका कार्यकर्ता सम्मिलित संयुक्त स्वयंसेवक परिचालन गराउनुपर्ने बताउनुभएको छ। भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि एक महिनासम्म प्रारम्भ गर्ने ‘राष्ट्रिय स्वयंसेवक परिचालन अभियान’का सन्दर्भमा प्रेस चौतारी नेपालले

आईतबार काठमाडौमा आयोजना गरेको भेलामा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख भट्टराईले एकताबद्ध स्वयंसेवक परिचालनका लागि निर्णय गर्न सरकारसँग प्रस्ताव गरिएको भए पनि निर्णयमा ढिलाइ भएको बताउनुभयो। उहाँले प्रस्तावबारे सरकारले निर्णय गर्नमा ढिलाइ गरेकाले पार्टीहरुले आफ्ना आफ्ना योजनाका साथ स्वयंसेवक परिचालन गर्नुपरेको बताउनुभयो ।

उहाँले आफ्नो पार्टीको अभियानका क्रममा मेचीदेखि महाकाली र प्रवास कमिटीका तर्फबाट गरी १० हजार स्वयंसेवक अति प्रभावित १४ जिल्लामा श्रमदान हुने जानकारी दिनुभयो। भेलामा प्रचार विभागका उपप्रमुख सूर्य थापाले जनताको पवित्र सेवाका लागि अभियानका सञ्चालन हुने भएकाले यसका गतिविधिलाई सञ्चारमाध्यमले स्थान दिने विश्वास व्यक्त गर्दै अभियानमा आधारित वृत्तचित्र पनि निर्माण गरिने जानकारी दिनुभयो ।

} else {

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories