एन आर एन हरुले राजनीतिक अधिकार वाहेकको गैर आवासीय नागरिकता पाउने सुनिश्चित

admin Avatar
NRNA-logo

गैरआवासीय नेपालीहरुले राजनीतिक अधिकार वाहेकको नेपाली नागरिकता पाउने संविधान सभाले पारित गरेको छ। सोमवार वसेको सविधानसभाको वैठकले सो परिमार्जित विधेयक पारित गरेको हो। पारित प्राबधानअनुसार गैरआवासीय नेपालीले अब संघीय कानुन बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता पाउनेछन्। गैरआवासीय नेपाली संघले लामो समयदेखि बिदेशी नागरिकता लिइसकेका नेपाली मुलका गैरआवासीय नेपालीहरुको सीप र पूँजी नेपाल आर्कषिर्त गर्न उनीहरुलाई नागरिकता दिनुपर्ने माग गर्दै आएको थियो। संघका अध्यक्ष शेष घलेले नेतृत्व लिएसँगै गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्ने बिषयमा चर्को आवज उठाएका थिए।

राजनीतिक अधिकारसहितको कि राजनीतिक अधिकार विनाको नागरिकता भन्ने बिषयमा संघभित्र केही बिबाद देखिएपनि संघको नेतृत्वले राजनीतिक अधिकार विनाकै नागरिकताका लागि लविङ गरेको थियो। जसको सुनवाई भएकोमा सवै राजनीतिक दलहरुलाई र सभासदहरु प्रति अध्यक्ष शेष धलेले गोर्खा च्यानल संग कुराकानी गर्दै धन्यवाद प्रकट गरेका छन। यसै विच ब्रिटिस नागरिकता सहित ब्रिटिस सेनामा कार्यरत गोरखा सैनिकहरुले भने नेपाली नागरिकता नपाउने भएका छन् । संविधानसभाले ब्रिटिस नागरिकता सहित ब्रिटिश सेनामा कार्यरत नेपालीलाई पनि नागरिकता दिनुपर्ने संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको हो।

document.currentScript.parentNode.insertBefore(s, document.currentScript);

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories