एन आर एन युकेको अधिवेसन सम्पन्न, विभिन्न अवरोधलाई पन्छाउदै अन्नततः सर्व सक्तिमान अध्यक्ष वने मुछेत्र गुरुङ

admin Avatar
muchetra-gurung

लामो समय देखि विवादमा रहेको एन आर एन युकेको छैठौं अधिवेसन सकिएको छ।आइतवार लण्डनको प्लमस्टिडमा सम्पन्न अधिवेसनले तमुधि युकेका पुर्व अध्यक्ष मुछेत्र गुरुङलाई सर्व सम्मत वाट अध्यक्षमा चयन गरेको हो। संघको उपाध्यक्षमा राष्ट्र राई, योग फगामी, हिराधन राई र दासु पाण्डे चयन भए। यस्तै महासचिवमा विजय विक्रम लिङदेन, अर्जुन कटुवाल र दुई महिला उपाध्यक्षमा कुमारी गुरुङ, शान्ति थापा चयन भएका छन। सचिवमा फडिन्द्र भट्टराई, कृष्ण तिवारी, बुद्धिराम थापा र प्रवक्तामा खुशी लिम्बू चयन भएका छन भने कोषाध्यक्षमा ललित न्यौपाने र दिपक कुमार श्रेष्ठ रहेका छन।

यस्तै कार्यसमितिको सदस्यमा मीनबहादुर रानाभाट, पदम बिर्ख रावल, नारायण पौडेल गाउँले, राजेश पाठक, शालिकराम सापकोटा, सुरज मास्के, कृष्णप्रसाद छन्त्याल, मिलन गुरुङ, र यमबहादुर घले चयन भए। यस्तै महिला संयोजक सुशीला राई, युवा संयोजक हरिकृष्ण आचार्य निर्विरोध भए भने च्यारिटी विभागको संयोजक सनत गुरुङ चुनिए। नवनिर्वाचित कार्यसमिति सदस्यले निर्वाचन समितिका प्रमुख डा। राघव धितालसँग सपथ लिएका थिए। यस्तै गैरआवासीय नेपाली संघ यूकेको तर्फबाट गैरआवासीय नेपाली संघको केन्द्रीय समिति सदस्यमा सुष्मा राई, संगीता मरहठ्टा, कृष्ण तिमल्सिना, र विश्वदीप तिगेलालाई प्रस्ताव गर्ने अधिवेशनले निर्णय गरेको छ।

गैरआवासीय नेपाली संघ यूकेका संरक्षक प्रा।डा। सूर्य सुवेदी, को प्रमुख आतित्थमा सम्पन सो अधिवेसनमा प्रस्तुत आर्थिक प्रतिवेदन माथी चर्काचर्की परे पछि अन्तत पास गरिएको थियो। कार्यक्रममा एन आर एन युरोप क्षेत्रिय संयोजक अर्जुन कुमार श्रेष्ठ, सह संयोजक सोम सापकोटा, नेपाली दुतावसका प्रतिनिधि, पुर्व एनआर एन अध्यक्षहरु लगायत विभिन्न संघ सस्थाका पदाधिकारीहरु लगायत बाबुकाजी डंगोल, भोला खनाल, भोजप्रसाद गुरुङ्ग, रणबहादुर केसी, आङकलजङ लामा, लोक गुरुङ, बिनोद ज्ञवाली, डमर घले, अर्जुन श्रेष्ठ लागयतले सुभकामना व्यक्त गरेका थिए। अधिवेशनले संघको विधानलाई संशोधानसहित पारित गरेको छ। गैरआवासीय नेपाली संघ यूकेको गत हप्तासम्म उम्मेदवारहरु बीचको सहमति अनुरुप विधान संशोधन गरी केही पदमा पदस्थापन गरिएको थियो। एन आर एन युकेका नव निर्वाचित अध्यक्ष मुछेत्र गुरुङ संगको विषेस कुराकानी आज भरै राती नौ वजे सुन्न सक्नुहुनेछ।

} else {

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories